तपाईको खानपान नै अल्सरको कारण बनेको त छैन ?
काठमाण्डौं । तपाईं कस्तो खान खाँदै हुनुहुन्छ ? कतै अधिक मात्रामा मसालादार, चिल्लो खाना, अल्कोहल वा तथा दैनिक अत्याधिक कफि पिउने बानी बसाल्नु भएको त छैन । सचेत हुनुहोस् है , तपाईंले खाने यस्ता खानाले पेटमा एसिड बढेर अमिलो डकार आउने वा मुटु पोल्ने सताउने स्वास्थय समस्या निम्त्याउन सक्छ । चिकित्सकहरूका अनुसार असामान्य अवस्थामा पाचन प्रणालीको अतिरिक्त एसिड अम्लको उत्पादन गर्दछ । जसकारण पेट पोल्ने, छाती पोल्ने जस्ता समस्येहरुले पिरोल्ने गर्दछ । जब एसिडको अधिक मात्रामा हुने समस्या देखिन्छ यसलाई आन्द्रामा घाउ हुने सम्मको समस्या देखिने भएकाले समयमै सचेत हुन चिकित्सकहरुले सुझाव दिएका छन् ।
के हो अल्सर?
पाचन नलीको आन्द्रामा उत्पन्न हुने सानो घाउलाई अल्सर अर्थात् आन्द्रको घाउ भनिन्छ । जसले गर्दा आमाशयमा पिडा महसूस हुन्छ । विस्तारै पेटमा एसिडिटी बढ्दै गई झनै समस्या बल्झि“दै जान्छ । त्यस्तो अवस्थामा खाना खाएमा वा पानी पिएमा पेट पोल्ने समस्या कम हुन्छ तर खाना खाएको कम्तीमा १ घण्टापछि पीडा फेरी बढ्ने गर्दछ । अल्सर विभिन्न प्रकारको हुने गर्दछ । तर अधिकांशमा देखापर्ने अल्सर पेिप्टक अल्सर हो ।
लामो समयसम्म असन्तुलित खानपान, रक्सी सेवन तथा धूमपानको निकोटिनलाई पेप्टिक अल्सरको मुख्य कारण मानिएको छ । चिल्लो र पिरोयुक्त खानापानको बढी सेवन गर्नाले पनि ग्यास्ट्रिक बढाइ पेटको अल्सर निम्त्याउने गर्दछ र समयमा निको नहुने, अल्सर गराउने जीवाणुलाई सक्रिय बनाउन सहयोग पु¥याउने बिर अस्पतालका ग्यास्ट्रोलोजिस्ट डा. दिनेश श्रेष्ठ बताउछन् । उनका अनुशार यस्ता खानेकुरा बाहेक दुषित पानी जथाभावी पेनकिलर औषधिको प्रयोग बढ्दो मानसिक तनाव र मसलादार दूषित खाना अल्सर गराउने कारक तŒव हुन् ।
खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक परिश्रम, व्यायाम पनि कम हुन्छ जसले गर्दा खाएको खाना अपच भई अमिलो डकार आउने, पेट ढुस्स हुने, पूmल्ने, आउ“, पखाला लाग्ने, रिड्डटा लाग्ने, आँखा विझाउने खानामा अरुचि हुने, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर) मात्र होइन उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी समस्या बढाउ“छ ।
चाडपर्वमा मात्र होइन मसलादार खाना सबैको रोजाइमा पर्दछ । चिल्लो, पिरो तथा मसलादार खाद्यपदार्थले एसिडिटी बढाई अल्सर गराउ“छ । चिल्लो, पिरो, खानाले पेटको माथिल्लो मुख (ढकन) खुली पेट पोल्ने समस्या, ग्यास्ट्रिक र अल्सर उत्पन्न गराउने डा. श्रेष्ठको भनाई छ । यसैले पेट पोलिरहने ग्यास्ट्रिक भएका र अल्सर भएका व्यक्तिले चिल्लो, पीरो, मसलादार खानेकुरा खानु नै हु“दैन । यस्ता खानाले रक्तसञ्चारमा वृद्धि गराउ“छ । शरीरको तापक्रम बनाउ“छ । विभिन्न किसिमका पाचन रसमा गडवढी ल्याउ“छ । यस्ता खाना खाने वित्तीकै बान्ता हुने, पेट दुख्ने, मुखबाट अमिलो डकार आउने जस्ता समस्या बढ्दै जान्छ । बदलि“दो जीवनशैलीस“गै आएको खानपानमा परिवर्तन धूमपान, मद्यपानको लत, आपूmखसी औषधिको सेवन आदि कारणले एसिडिटी बढाई अल्सर निम्त्याउने गर्दछ ।
मुख्य कारण दूषित पानी
गर्मी मौषमको सुरुवात हुदैछ । अन्य मौषमको तुलनामा गर्मी मौषममा स्वभाबिक रुपमा बढि पानीको प्रयोग गरिने गरिन्छ । तर मानिसलाई अत्यावश्यक पानी सफा नभए अधिकांश ठाउ“मा वितरण हुने दूषित पानीका कारण मानिसको शरीरमा विभिन्न प्रकारका शारीरिक रोगहरू प्रवेश गर्दछन् । ग्यास्ट्रिक गराउने मुख्य कारकतŒव नै हेलिको ब्याक्टर पायोलरी नामक ब्याक्टेरिया रहेको चिकित्सकहरू बताउ“छन् । दूषित पानी, फोहोरको माध्यमबाट उक्त ब्याक्टेरिया मानवशरीरमा प्रवेश गर्दछन् । खाना खानुअघि राम्ररी हात नधुने, शौचालय गएपछि साबुन–पानीले राम्ररी हात नधोइ खाना खा“दा, दूषित तथा खुल्लारूपमा राखिएका खानाबाट उक्त जीवाणुको संक्रमण भई पेप्टिक अल्सर गराउने वीर अस्पतालका मेडिसिन विभागका प्रमुख तथा ग्यास्ट्रोजोजिस्ट दिनेश श्रेष्ठको भनाइ छ ।
मानसिक तनावले अल्सर
व्यस्त जीवनशैली र बढ्दो सहरीकरण स“गस“गै बढ्दो महड्डीले हरेक व्यक्तिलाई आयस्रोत वृद्धि गर्न हतार भइरहेको हुन्छ । अझ व्यापारीलाई व्यापार नाफा–घाटाको दिनरात चिन्ता भई नै रहन्छ । यस्ता विविध कारणले मानिस दिन–प्रतिदिन तनावयुक्त वातावरणमा रहन्छन् । जसका कारण मानसिक तनावले मानसिक समस्इा मात्र नभई विभिन्न प्रकारका शारीरिक समस्या पनि देखापर्ने विज्ञहरू बताउ“छन् ।
मानसिक तनावयुक्त वातावरण मानवस्वास्थ्यमा असर पार्ने कारक तŒव हो । तनावमा रहने व्यक्तिको पेटमा रहेको ग्रन्थीबाट अनावश्यकरूपमा बढी रस निस्कने गर्दछ । शरीरलाई आवश्यकताभन्दा बढी रस निस्किनाले मुखबाट अमिलो पानी आउने, पेट बटार्ने, पोल्ने जस्ता समस्याहरू देखापर्ने गर्दछ जसका कारण एसिडिटी बढ्न गई अल्सर हुने गर्दछ । त्यसैले सकेसम्म तनावयुक्त वातावरणको सृजना गरी स्वयम् आÇनो चिन्ताको विषय के हो पत्ता लगाई स्वास्थ्यलाई मजबुत बनाउन पहल गर्नुपर्दछ ।
अल्सरबाट निम्तने खतरा
पेटमा रहेका विभिन्न ग्रन्थीहरूबाट अनावश्यक रस निस्कनु, अमिलो डकार आउनु, आमाशयमा घाउ हुनु, पेट दुख्नु, नाइटोमाथि दुख्नु छाती पोल्नु अल्सरका लक्षणहुन् । यि बाहेक दिसामा रगत कालो दिसा जाने, आन्द्रामा बनेको घाउबाट निरन्तर रक्तश्राव भई दिसामा रगत जाने गर्दछ । कसैकसैलाई रगतबान्ता पनि हुने गर्दछ ।
समयमै उपचार हुन नसकेको खण्डमा अल्सरले शरीरमा विभिन्न प्रकारका जटिल समस्याहरू निम्त्याउने गर्दछ । कसैकसैको आन्द्रामा प्वालसमेत पर्न सक्छ । त्यसैले पेटमा एसिडिटी बढेर अमिलो डकार आउने मुटुर पोल्ने, पेटमा जलन हुने, बान्ता हुने दिसाबाट रगत जाने जस्ता लक्षण देखिएको खण्डमा तुरुन्त सम्बन्धित चिकित्सक तथा स्वास्थ्य संस्थामा गई जचाएर समयमै औषधि सेवन गरिहाल्नुपर्छ ।
समयमै सचेत् हुन सकेको खण्डमा अल्सरबाट मात्र होइन अन्य धेरै रोगबाट बच्न सकिन्छ । त्यसको लागि सर्वप्रथम कारण पत्ता लगाउनु अत्यन्तै जरुरी हुन्छ । प्रायः दूषित पानी र खानेकुरामा पाइने हेलिकोपायोलरी ब्याक्टेरियाका कारण अल्सर हुने भएकाले खानापान र सरसफाइमा अत्यन्त ध्यान पु¥याउनु जरुरी देखिन्छ । यसका साथै एक पटकमा थोरै तर दैनिक ३–४ पटक सन्तुलित भोजन गर्नुपर्दछ । जुन खानाले पीढा बडाउ“छ त्यसबाट टाढै रहने । मसलादार, चिल्लो, पिरो खानेकुराबाट सकेसम्म टाढै रहने । पर्याप्त पानी र झोलिय पदार्थको सेवन गर्ने तर दूधजन्य पदार्थ सकेसम्म नपिउनु नै राम्रो हुन्छ । किनभने दूधले आमाशयमा एसिड बढाउने गर्दछ ।
त्यस्तै, अल्सरबाट बच्न धूमपानबाट टाढै रहनुपर्दछ । सूर्तिजन्य पदार्थले आमाशयमा एसिड बढाएर समस्या बल्झाउ“छ । यदि एस्प्रिन, ब्रुफ्रिन, प्यारासिटामोलजस्ता पेनकिलरहरू चिकित्सकको परामर्शविना सेवन गर्नु हु“दैन । मानसिक तनावबाट सकेसम्म मुक्त रहनुपर्छ । कहिलेकाही“ केहि–केहि लक्षणहरू क्यान्सर र अल्सरका उस्ताउस्तै हुन्छन् । आफुलाई ग्यास्ट्रिक भएको ठानी जथाभावी औषधि सेवन गर्नाले क्यान्सररोगको वृद्धि हुदै अन्त्यमा निको नहुने अवस्थामा पुग्न सक्छ । त्यसैले चिकित्सकको परामर्श विना जथाभावी औषधि सेवन गर्नु हुँदैन ।
अल्सरबाट बच्न सर्वप्रथम त्यस्ता लक्षण देखिनासाथ तुरुन्त स्वास्थ्यसंस्था पुगी हाल्नुपर्छ । सुरुवातको समस्या के हो भन्ने पत्ता लगाउन परिक्षण गराउनु अत्यन्तै जरुरी छ । अल्सर गराउने एचपाइलोरी ब्याक्टेरियालाई नै हेर्ने हो भने श्वासप्रश्वासबाट पनि थाहा हुन्छ । तर श्वासप्रश्वासबाट हेर्ने प्रविधि नेपालमा भने भित्रीएको छैन । तर किटाणुको कति असर गरेको छ ? भित्रसम्म असर पुगेको छ कि छैन भन्ने बुझ्न इन्डोस्कोपी गराएर हेर्नुपर्ने हुन्छ । इन्डोस्कोपी नगराई घाउ कस्तो छ, पाकेको छ कि छैन भनी कुरा पत्ता लगाउन सकि“दैन । इन्डोस्कोपी सेवा नभएको ठाउ“मा भने वेरियम एक्सरेबाट पनि पत्ता लगाउन सकिन्छ ।
जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>