विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि साताव्यापी रुपमा मनाइँदै, के छ नेपालमा दन्तचिकित्साको अवस्था ? 



Download our app to get more features

काठमाण्डौ । वल्र्ड डेन्टल फेडरेसन(FDI) को आह्वानमा हरेकवर्ष मार्च २० का “विश्व मुख स्वास्थ्य दिवस” नेपाल डेन्टल एसोसियशनले “जसको दाँत सबल, उसको जीवन सफल” भन्ने मूलनाराका साथ नेपालमा साताव्यापी कार्यक्रम गरी मनाइँदै छ । 

नेपाल डेन्टल एसोसिएशनले डा. सुवास घिमिरेको अध्यक्षतामा मूल समारोह आयोजक समिति पनि बनाएको छ । एसोशियसनले देशभरका ९ वटा शाखामार्फत साताव्यापी रुपमा मुलुकभर रहेका हरेक डेन्टल कलेज, हस्पिटल र क्लिनिकहरुमा मार्च १६ देखि २२ गतेसम्म निस्शुल्क मुख तथा दन्त परीक्षण सेवा सञ्चाल नगर्न आह्वान गरको छ । एशोसिएसनको आयोजनामा मार्च २० का दिन काठमाडौंको आर्मी क्लव भद्रकालीबाट सुरु भएको मुख स्वास्थ्यसम्बन्धि बृहत जनचेतनामूलक प्रभातफेरि लगायत विभिन्न कार्यक्रम आयोजना गरेको छ । 

के छ नेपालमा दन्तचिकित्साको अवस्था ? 
दन्तउपचारका लागि नेपालका दन्तचिकित्सक पुर्णरुपमा योग्य भएका र यसका लागि विदेश जान आवश्यक नभएको एशोसिएसनका अध्यक्ष डा. सन्तोष राजभण्डारीले बताए । हाल नेपाल मेडिकल काउन्सिलमा करिब १ हजार ७ सय दन्त चिकित्सक दर्ता भइसकेका छन् । विगत १७ वर्षको अवधिमा दन्तउपचारको क्षेत्रमा नेपलले फड्को मारी देशविदेशमा नाम राख्न सफल भएको छ । हाल मुलुकमा १२ वटा डेन्टल कलेज रहेका छन् । स्वदेश र विदेशमा अध्ययन गरी आएका दन्तचिकित्सकहरुको तथ्यांक हेर्दा वर्षेनी करिब ३ सयको हाराहारीमा दन्तचिकित्सकहरु उत्पादन भइरहेका छन् । यसमध्ये मुख तथा दन्तचिकित्सामा ५ वटा डेन्टल कलेजबाट पोष्ट ग्रयाजुएसन (स्नातकोत्तर) को शिक्षा सञ्चालन भइरहेको छ । सन् २०१७ देखि नेपालका डेन्टल कलेजबाट प्रतिवर्ष ६ सयको हाराहारीमा दन्तचिकित्सकको उत्पादन हुने देखिन्छ । नेपालमा मुख तथा दन्त उपचारका लागि १ जना दन्तचिकित्सकलाई प्रभावकारी मानिन्छ । अहिले मुलुकमा चार दर्जनको हाराहारीमामात्र सरकारी दरवन्दीमा दन्तचिकित्सक कार्यरत छन् । 

एसोसिएसनका महासचिव डा. मनेज हुमागाईंले दन्तचिकित्सकहरुको सरकारी दरबन्दी अत्यन्त न्युन भएकोले तत्काल दन्त चिकित्सकको दरबन्दी बढाउनुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार, देशभर रहेको हरेक जिल्ला अस्पतालमा कम्तिमा पनि २ जना दन्त चिकित्सक र कही दन्त सहायकहरुको दरबन्दी आवश्यक छ । 

संसारको ९० प्रतिशत जनसंख्याको आफ्नो जीवनमा कुनै एकपटक समस्याबाट पीडित हालै प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ । एफडिआईको तथ्यांक अनुसार हाल विश्वमा १० लाख (१ मिलियन) दन्त चिकित्सक रहेका छन् र ६० प्रतिशत जनसंख्याले मात्र मुख तथा दन्त चिकित्साको सुविधा उपभोग गर्न पाएका छन् । ६०—९० प्रतिशत बालबालिकामा दातँ किराले खाने समस्या छ । प्रति १ लाख जनसंख्या १ देखि १० जनालाई मुखको क्यान्सरको समस्या हुने गर्छ । यो क्यान्सरको आठौं स्थानमा पर्छ र उपचारमा निकै खर्चिलो छ । 

मुखको क्यान्सर सूर्ति तथा सूर्तिजन्य पदार्थ र अल्कोहल सेवन गर्नेहरुमा १५ प्रतिशतले उच्च जोखिममा रहेको देखाएको छ । विकसित मुलुकहरुमा मुख तथा दन्त उपचारमा कूल स्वास्थ्य बजेटको ५—१० प्रतिशतमात्र खर्च हनेगर्छ । दातँ दुख्ने कारण बालबालिकाहरु विद्यालयमा गयल हनेको सख्ंया पनि अत्याधिक छ र यसले अभिभावकहरु पनि राम्रो सुत्न नपाउने र कामकाजमा अवरोध सृजना हने क्रम उच्च छ ।  डरका कारण कतिपय सर्वसाधरणले दन्त चिकित्साको सुविधा नलिने गरेको अमेरिकमा भएको एउटा अनुसन्धानले देखाएको छ । 

अन्तिममा मुख तथा दन्त समस्याका कारण शरीरका सम्पर्ण भागमा असर पर्ने र व्यक्तिको आत्मविश्वास, सामाजिक मूल्य मान्यतामा समेत असर पुग्ने भएकाले बिहान र बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त टुथपेस्टले दाँत सफा गर्ने बानी बसालौं । र, हरेक ६—६ महिनामा दन्त परीक्षण गर्न चिकित्सकहरुको सुझाव छ ।

Last modified on 2017-06-19 15:51:34

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts