फिजियोथेरापिबाट ढाड दुखाई कसरी कम गर्ने ? (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौ । ढाड दुख्ने समस्या अधिकांश मानिसमा हुन्छ । जुनसुकै काममा आवद्ध व्यक्ति भए पनि ढाड दुख्ने समस्याले धेरैलाई पिरोलेको छ । पछिल्लो समय ढाड दुख्ने समस्यबाट मुक्ति पाउनको लागि फिजियोथेरापी गर्नेको संख्या बढ्दो छ । के हो त फिजियोथेरापी भनेको ? ढाड दुख्ने रोगको उपचार कसरी गरिन्छ ? फिजियोथेरापिष्ट डाक्टर पारस श्रेष्ठ यसो भन्छन् ।  

बिना औषधि, आवश्यक औजारको सहायताले शारीरिक व्यायामद्धारा रोग निको पारिने उपचार पद्धतिलाई फिजीयोथेरापी भनिन्छ । यस पद्धति अनुसार रोगको प्रकृति हेरेर उपचार गरिन्छ । यस पद्धति ढाड दुख्ने रोग उपचारका लागि निकै प्रभावकारी मानिन्छ ।

ढाड विभिन्न कारणले दुख्छ । मूख्यतः ढाड दुख्ने प्रमुख कारण यस्ता छन् 
१.शारीरिक बनावट ।
२.कामको बोझ ।
३.पेटको मासु वा ढाडको मासु कमजोर हुनु । 
४.हड्डी खिइनु । 
५.लामो समय कुर्सीमा बस्दा वा उभिनु
६.यो समस्या महिलाहरुमा बढी हुन्छ । 
ढाड दुखाईसँगै हात, खुट्टा तथा अन्य अंगहरु झम्झमाउने, लाटो हुने समस्या पनि आउँछ । 

कसरी उपचार गर्ने ?
फिजियोथेरापिमा ट्याक्सन र टेन्स भन्ने दुईवटा माध्यमबाट ढाड दुख्ने समस्याको उपचार गरिन्छ । ट्याक्सनले च्यापिएका नशालाई खोल्ने वा तान्ने काम गर्छ । भने टेन्सले दुखाई कम गर्छ । फिजियोथेरापीमा ढाड दुखाई रोक्न तथा नशा रोगको लागि अहिलेसम्म सबैभन्दा प्रभावकारी र गुणस्तरीय परीणाम दिने यी दुई उपकरण हुन् ।

यो उपचार अवलम्बन गर्दा ध्यान दिनुपर्ने कुरा 
सदैव विशेषज्ञसँग मात्र उपचार गराउनु पर्छ । 
अनुमानको भरमा जथाभावी उपचार गरायो भने, अन्य खतरा आउनसक्छ । 

भिडियो हेर्नुहोस् । 

 

Last modified on 2017-06-19 15:57:18

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. mero kammarko dukhai r dubai pakhurako jorni dukhchha rati sutna pani sakidaina k upaye chha kripaya jharko namani bataidinuna


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts