इटहरीमा लाग्यो नाराः स्वास्थ्य मन्त्री थापालाई काम गर्न देऊ
इटहरी,१ चैत । स्वास्थ्यमन्त्री गगन थापालाई सरकारबाट फिर्ता बोलाउने कुरा चर्चामा रहेका बेला इटहरीका युवाहरुले थापाको पक्षमा प्रदर्शन गरेका छन् ।
इटहरीको मुुख्य चोकमा भेला भएका युवाले स्वास्थ्य मन्त्री गगन थापालाई काम गर्न देउ भन्ने प्लेकार्ड बोकेर केहिबेर धर्ना दिए । विभिन्न सामाजिक सँस्थामा आवद्ध रहेका युवाहरुले नेपाली स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेका युवा मन्त्री थापालाई हौसला दिनुको सट्टा उल्टै सरकार बलियो बनाउने बहानामा सरकारबाट फिर्ता बोलाउन लागिएको भन्दै बिरोध गरेका हुन् ।
धर्नामा सहभागी युवा निराजन खड्काले मन्त्री थापाले स्वास्थ्य विमा मदिरा सम्बन्धि नयाँ नीति लगाएतका राम्रा कामको थालनी गरेको भन्दै उनलाई कुनै हालतमा सरकारबाट फिर्ता बोलाउन नहुने बताए ।
त्यस्तै अर्का सहभागी हिरा आचार्यले राम्रालाई काम गर्ने वातावरण नभएको भन्दै युवाले नै यस्ता विकृती विरुद्ध आवाज बुलन्द पार्नु पर्ने बताए । उनले धर्नालाई निरन्तरता दिने बताए ।
विजय कुमार गच्छदारले सरकारमा सहभागीता जनाउने विषयमा उपप्रधान सहित भौतिक योजना तथा यातायात र स्वास्थ्य मन्त्रालयको माग गरेपछि थापा सरकारबाट हट्ने कुराको चर्चा चलेको छ । गच्छदार सम्बद्ध पाटिका महासचिव रामजनम चौधरी यस अघि पनि स्वास्थ्य मन्त्री बनिसकेको हुनाले उनले स्वास्थ्य मन्त्रालयको इच्छा देखाएपछि गगनलाई निकाल्न लागिएको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध हुँदै आएको छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।