ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन चैत ८ मा
काठमाडौँ, १ चैत । स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन इन्स्टिच्युटको आयोजनामा ‘आठौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’ यही चैत ८ गतेदेखि १० गतेसम्म काठमाण्डौंमा हुने भएको छ ।
ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीका समस्यालाई केन्द्रीय तहसम्म ल्याउने तथा समाधानसमेत गर्ने र उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गर्ने ध्येयले आयोजना हुने सो सम्मेलनमा ६० जिल्लाका ९८ स्वास्थ्यकर्मी, पाँच विकास क्षेत्रका क्षेत्रीय निर्देशक एवं मन्त्रालय र विभागका उच्च अधिकृतको सहाभागिता रहने छ ।
इन्स्टिच्युटका कार्यकारी निर्देशक डा अनिलबहादुर श्रेष्ठले सम्मेलनका क्रममा सहभागी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सम्मेलनका क्रममा निरन्तर चिकित्सा शिक्षा, स्वास्थ्यसम्बन्धी पछिल्ला नीति तथा कार्यक्रमका बारेमा पनि जानकारी दिइने बताए ।
सम्मेलनका क्रममा एक स्वास्थ्यकर्मीलाई निक साइमन्स अवार्ड २०१६ दिइने छ । सम्मेलनमा स्वास्थ्यकर्मीले भोगेका अनुभवलाई ‘सफलताका कथा’ मार्फत प्रस्तुत गरिने बताइएको छ । इन्स्टिच्युटले हरेक वर्ष सम्मेलनको आयोजना गर्दै आएको छ । रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>