होलीमा रंग लागेको छाला कसरी सफा गर्ने ? यस्ता छन् डा. पराजुलीका सुझाव 



Download our app to get more features

काठमाण्डौं, २९ फागुन । यतिबेला देशभर होली पर्वको उल्लास छ । काठमाण्डौं उपत्यकासहित पहाडी जिल्लामा आइतवार र तराईका जिल्लामा सोमबार होली मनाइँदै छ । रंगमार्फत खुशी र सद्भाव साटासाँटका गरेर मनाइने होलीमा गरिने ससाना गल्तीले हाम्रो शरीरमा धेरै असर गरिरहेको हुन्छ । होलीमा प्रयोग गरिने रंग र प्रयोग गरी सकेपछि कसरी छालालाई स्वस्थ राख्ने विषयमा छाला रोग विशेषज्ञ डा. सुदिप पराजुलीको सुझावहरु :

सामान्यतया होलीमा प्रयोग गरिने रंगहरुमा केमीकल तथा सिसाहरुको रहेको हुँदा यसले छालालाई असर गर्छ भन्ने आममानिसलाई थाहा भएकै कुरा हो । तर, होली खेलिसकेपछी यसको सफा कसरी गर्ने भन्ने आम मानिसको टाउको दुखाईको विषय बनेको पाइन्छ । 

होलीमा प्रयोग गरिएका रंगहरु लामो समय राख्दा छाला चिलाउने पोल्ने हुन्छ । त्यसैले यसलाई समयमै सफा गर्नुपर्छ । 

रोकथाम

  • होली खेल्नुपूर्व मोइस्च्चरको प्रयोग गर्ने
  • शरीरमा लामो समयसम्म रंग नराख्ने
  • रंगको प्रयोगपछि लामो समय घाममा नबस्ने
  • सफा गर्दै होली खेल्दै नगर्ने
  • फोहोर पानीको प्रयोग नगर्ने
  • आँखालाई रंगबाट बचाउने 

कसरी सफा गर्ने ?
होली खेलीसकेपछि छालालाई स्वस्थ राख्न नसक्दा धेरैलाई पछि गएर छालाको समस्या उत्पन्न हुने गरेको छ । त्यसैले होली खेलिसकेपछि पनि यसको सफाईमा विशेष ध्यान दिन जरुरी देखिन्छ ।

यसलाई सफा गर्दा वा नुहाउँदा पनि मोइस्चर साबुनको प्रयोग गर्नुपर्छ । सफा गर्ने बहानामा साबुनको प्रयोग गरि धेरै रगड्नु भने हुन्दैन । जसले गर्दा छालामा रहेको रंगले असर गर्न जान्छ । त्यसैले मोइस्चर साबुनको प्रयोगले छालामा रहेको रंगलाई राम्रोसँग सफा गरी त्यसमा रहेको केमिकललाई पनि सफा गर्छ । साथै नुहाइसकेपछि पनि शरीरमा मोइस्च्चरको प्रयोग गर्दा छालालाई फाइदा पुग्छ । यसरी मोइस्चरको प्रयोग गर्दा छालालाई बचाउनुको साथै पोल्ने समस्या पनि हुदैन ।

Last modified on 2017-06-19 16:02:03

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts