अमेरिकामा विषाक्त चिया सेवनबाट दुईजना बिरामी



Download our app to get more features

सानफ्रान्सिस्को (अमेरिका), २९ फागुन । अमेरिकाको सानफ्रान्सिस्कोमा विषाक्त चिया सेवन गर्दा दुईजना बिरामी परेका छन् । 

सानफ्रान्सिस्कोको चाइना टाउनमा रहेको सन विङ ओ ट्रेडिङ कम्पनीबाट लिएको उक्त चियामा ‘एकोनाइट’ नामक विषाक्त तत्व भेटिएको स्थानीय सार्वजनिक स्वास्थ्य विभागले  जनाएको छ । 

घाईते हुन एकजना करिब ५० वर्षीय पुरुष रहेको र एक जना ३० वर्षीय महिला रहेकी छन् । उनीहरुको अवस्था गम्भिर रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको स्वास्थ्य अधिकारीले बताएका छन् । 

उनीहरुले चिया सेवन पश्चात कमजोर महसुस भएको बताएपछि अस्पताल पु¥याउँदा उनीहरुको बिषका कारण मुटुको धड्कनमा समस्या भेटिएको थियो । रासस
 

Last modified on 2017-06-19 16:04:28

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts