दोश्रो जीएमसी म्याराथन सकियो
पोखरा, २८ फागुन । गण्डकी मेडिकल कलेजको नवौ वार्षिकोत्सवको अवसरमा आयोजित दोश्रो जीएमसी म्याराथन सम्पन्न भएको छ ।
'स्वास्थ्यका लागि दौड' भन्ने नाराका साथ आयोजित म्याराथन गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पृथ्वीचोक, पोखरा देखि कलेजकै ब्यसिक साइन्स कम्प्लेक्स लेखनाथसम्म तय गरिएको थियो ।
७० जना धावकले भाग लिएका म्याराथनमा लमजुङका सविन गुरुङ पहिलो, पोखराका सन्दिप बीसी दोश्रो र स्याङ्जाका नारायण खनाल तेस्रो भए । साथै महिलाहरुको तर्फबाट ललिता लामीछाने प्रथम भइन ।
पुरुषतर्फ प्रथम, दोश्रो र तेस्रो हुनेलाई चैत १ गते हुने कलेजको वार्षिकोत्सब तथा पुरस्कार वितरण समारोहमा क्रमश रु १५ हजार, १० हजार र ५ हजार तथा महिला तर्फबाट प्रथम हुनेलाई रु १० हजारको साथै प्रमाण पत्र र मेडल दिइने म्याराथनका संयोजक डा. राम अधिकारीले हाम्रो डक्टरलाई जानकारी दिए ।
गण्डकी मेडिकल कलेजले गत वर्षदेखि आफ्नो स्थापनाको वार्षिकोत्सवको अवसरमा म्याराथन आयोजना गर्दै आएको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>