क्रिकेटर करण एपेन्डिसाइटिस भएर वयोधामा भर्ना, भोलि केन्याविरुद्ध खेल्न नसक्ने
काठमाण्डौं, २७ फागुन । राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी बयोधा अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना भएसँगै उनले शनिबार केन्याविरुद्धको खेल खेल्न नसक्ने भएका छन् ।
कीर्तिपुर मैदानमा अभ्यास गर्ने क्रममा एक्कासी पेट दुख्ने र बान्ता हुने समस्या भएपछि शुक्रवार बिहान अस्पातल भर्ना गरिएको बयोधा अस्पतालले जनाएको छ ।
विहान ७ बजेर ४५ मिनेटमा अस्पताल पुगेका केसीलाई एपेन्डिसाइटिस भएको हो । ११ बजे डा. रामनाथ सिंहको नेतृत्वमा उनको सफलता पूर्वक शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ ।
उनी अहिले स्वस्थ रहेको र केही दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन् ।
Last modified on 2017-06-19 16:09:12
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>