विश्वकै सबैभन्दा बढी तौल भएकी अहमदको सफल शल्यक्रिया
मिस्रबाट उपचार गराउन भारतको मुम्बई आएकी इमान अहमदको सफल शल्यक्रिया भएको छ । मुम्बईको सैफी अस्पतालमा गरिएको बेरिएट्रिक सर्जरी सफल भएको र उनको एक सय किलो तौल कम भएको अस्पताल स्रोतले जनाएको छ ।
अहमद एक महिना पहिले आफ्नो उपचारको लागि मुम्बई आएकी थिइन् । त्यतिबेला उनको तौल ४ सय ५० किलो भन्दा पनि बढी थियो । शल्यक्रिया भन्दा पहिले उनको १ सय २० किलो तौल कम गराइएको थियो । जसले गर्दा शल्यक्रिया गर्न सजिलो भएको हो ।
अस्पताल स्रोतका अनुसार अहमदमाथि तौल घटाउनका लागि गरिएको लेपरोस्कोपिक स्लीव गेस्ट्रेक्टोमी सफल रह्यो । शल्यक्रिया पछि अहमदलाई अहिले खानामा तरल पदार्थ मात्र दिइदैँछ । मेडिकल टीमले अब हुने उपचारका लागि काम सुरु गरिसकेको छ । ताकि अहमदलाई चाँडै निको बनाएर फिट बनाउन सकियोस र उनी आफ्नो देश जान सकुन ।
इमान अहमद को हुन् ?
जन्मेको बेला इमान अहमदको तौल ५ किलोग्राम थियो । ११ वर्षको उमेरदेखि उनको तौल अकस्मात बढ्न थाल्यो । जसले गर्दा उनलाई अनेक रोगहरुले च्याप्यो र २५ वर्ष सम्म अहमद आफ्नो घरबाट बाहिर निस्किन पाइनन् । अहिले अहमद ३६ वर्षकी भइन् र उनलाई डायबिटीज, किडनी डिस्अर्डर, हाइपरटेन्शन, थाइरायड, वाटर रिटेन्शन, अब्स्ट्रक्टवि र फोक्सो सम्बन्धी रोगले समातेको छ ।
(एजेन्सी)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>