मिर्गौला किन बिग्रन्छ, कसरी बच्ने ? (भिडियो सहित)



Download our app to get more features

मिर्गौला रोगीको संख्या दिन प्रतिदिन बढ्दो छ । निकै भयावह बन्दै गएको मृगौला रोग के हो ?कसरी लाग्छ? र यसबाट कसरी जोगिने ? मृगौला रोग विशेषज्ञ डाक्टर प्रमोद कुमार क्षेत्री  यसो भन्छन् ...

शरीरको महत्वपूर्ण अंग हो मृगौला । बिना मिर्गौला वा मिर्गौलाले काम नगरेको अवस्थामा जिउन सम्भव छैन् ।  मिर्गौला पेटको पछाडी सिमी आकारको ४,५ इन्च लामो हुन्छ ।

मिर्गौलाले के गर्छ ?
१. रगतमा भएको फोहोर तथा बढी भएको पानीलाई पिसाव मार्फत बाहिर निकाल्छ । 
२. रगतमा भएको खनिज, नुन, म्याग्नेसियम, पोटासियम, फस्फोरसलाई नियन्त्रणमा राख्ने भएकाले विभिन्न रोग लाग्नबाट बचाउँछ । 
३.रेनिन नामको इन्जाइम उत्पादन गर्ने भएकाले उच्चरक्तचाप हुनबाट बचाउँछ ।
४.भिटामिन डी उत्पादन गर्ने भएकाले हड्डी बलियो बनाउँछ ।
५.रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

मिर्गौलाले आवश्यक काम नगरेको अवस्थामा यस्ता फोहोरहरु बाहिर जान पाउँदैन र मृगौलामा असर गर्छ । पछि यिनै कारणले मृगौलाले पूर्ण रुपमा काम गर्न छाड्छ । यसैलाई मृगौला ड्यामेज वा फेलियर भनिन्छ ।

मिर्गौला रोगका लक्षणहरु :
मिर्गौला रोग लागेको सुरुवाती चरणमै थाहा पाउनु निकै अप्ठ्यारो कुरा हो । किनकी मिर्गौलाले ६० प्रतिशतभन्दा बढी काम गर्न छाडेपछिमात्र यसका लक्षणहरु देखापर्न थाल्छ । यसपछि पनि सजिलै लक्षण देखा नपर्न पनि सक्छ । यद्यपी मिर्गौला रोग लागे सामान्यतः यस्ता लक्षण देखिन्छन् :
१.मुख सुख्खा हुने ।
२.छिटो छिटो पिसाब लाग्ने ।
३.पिसाब धमिलो हुने ।
४.हात खुट्टा सुनिने ।
५.रक्त अल्पता हुने ।
६.भोक नलाग्ने वा धेरै लाग्ने ।
७.रिंगटा लाग्ने वा वाकवाकी लाग्ने ।
८.घाउ खटिरा आए औषधि सेवन गर्दा पनि चाडो निको नहुने ।
९.छाला चिलाउने ।

मिर्गौला रोग लाग्ने कारण :
१.मधुमेह उच्च रक्तचापको समस्या भए
२.शरीरमा पानीको कमी भए
३.क्षणिक दुखाई कम गर्ने पेनकिलर लगायतका औषधिको बढी सेवन गरे
४.वंशाणुगत कारण
५.धुम्रपान तथा मध्यपान
६.धेरै गर्मीमा लामो समय काम गर्दा वा बस्दा ।
७.अजिंगर वा बिच्छीले टोक्दा ।

रोग लाग्न नदिन यसो गर्ने :
मिर्गौला रोगको लक्षण धेरै ढिला मात्र थाहा हुने र रोग लागे पछि निको हुन गाह्रो हुने भएकाले पनि बेलैमा सचेत हुनुपर्छ ।
१.वंशमा कसैलाई यो रोग लागेको भए मिर्गौलाको परीक्षण गराउने ।
२.स्वस्थ व्यक्तिले पनि प्रत्येक वर्ष एकचोटी मिगौलाको परीक्षण गराउने ।
३.प्रशस्त पानी पिउने ।
४.विलासी जीवनशैली त्याग्ने ।
५.नियमित व्यायाम गर्ने ।
६.जंगफुडको प्रयोग नगर्ने ।
७.बच्चाहरुलाई प्रत्येक पटक ज्वरो आउँदा पिसाव परीक्षण गराउने ।
८.स्वस्थ पोषणयुक्त खानेकुरा खाने ।
९.कुनै पनि रोग लाग्दा अनुमानको भरमा औषधि सेवन नगर्ने ।
१०.मिर्गौला रोग लागेका बाबु आमाले बच्चा नजन्माउने ।

मिर्गौला रोग आमाको पेटदेखि बृद्धाअवस्थासम्म जुनसुकै उमेर समुहमा लाग्न सक्छ । यो रोग लागिसकेपछि उपचार गर्न गाह्रो र मंहगो पनि भएकाले रोग लाग्न नदिन सदैव सचेत हुनुपर्छ । 

Last modified on 2017-06-19 16:17:13

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts