सप्तरी घटनामा स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि, स्वास्थ्यमन्त्रीद्वारा दुःख व्यक्त

What's This?


Download our app to get more features

काठमाण्डौं, २५ फागुन । सप्तरी घटनामा सिनियर अहेवको मृत्यु भएको पुष्टि भएको छ । सप्तरीको राजविराजमा आन्दोलनका क्रममा गोलि लागेर मृत्यु भएका आनन्दकुमार शाह स्थानीय डिमन स्वास्थ्य चौकीको सिअहेव रहेको र उनी उक्त दिनको पोलियो थोपा खुवाएर फर्किरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यता स्वास्थ्यमन्त्री गगन कुमार थापाले आन्दोलनका क्रममा गोली लागेर स्वास्थ्यकर्मीको पनि मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । मन्त्री थापाले मंगलबार बेलुका ट्वीटर मार्फत स्वास्थ्यकर्मी साहको मृत्यु भएको खवरले आफुलाई स्तब्ध बनाएको बताएका हुन् । साथै उनले साहको परिवारलाई सरकारको तर्फबाट गर्नुपर्ने सहयोग र दायित्व पुरा गर्ने वचन पनि दिएका छन् ।

 

आवेग होईन संयमता अपनाऔं pic.twitter.com/2OCTAjiIJK — Gagan Thapa (@thapagk) March 7, 2017

ट्वीटमा थापाले भनेका छन, यतिवेला आफ्नै एक साथीलाई गुमाउनुपरेको दुखका बीचमा पनि आ आफ्नो कार्यस्थलमा रही घाईते भएकाहरुको उपचार र आवश्यक स्वास्थ्य सेवामा लाग्न र उच्च मनोवलका साथ काम गर्न सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई अपिल गर्न चाहन्छु ।’

मन्त्री थापाले सम्बन्धित स्वास्थ्यकर्मीहरुलाई वातावरण सहज बनाई घटनाका घाईतेहरुको उपचारमा लाग्नसमेत  आग्रह गरेका छन् । 
 

Last modified on 2017-09-02 16:40:26

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts