गण्डकी मेडिकल कलेजकाण्डका १२ जनाले पाए सफाई
काठमाडौँ, २३ फागुन । गण्डकी मेडिकल कलेजकाण्डमा मुछिएका ६ जना चिकित्सक सहित १२ जनाले आज सफाई पाएका छन् ।
मेडिकल कलेजले सीट निर्धारणका लागि इन्सफेक्सनमा जाँदा अनियमिता गरेको आरोपमा मुछिएपछि उनीहरु निलम्वनमा परेका थिए । सोमबार काठमाडौँस्थित विशेष अदालतले ६ चिकित्सक सहित १२ जना निर्दोष ठहर गर्दै सफाई दिएको हो ।
यसरी सफाई पाउनेमा प्रा.डा. गणेशकुमार राई, प्रा.डा. नरमाया थापा, डा. प्रदीप ज्ञवाली, डा. राजवी यादव, डा. कृष्ण अधिकारी र डा. प्रेणीतकुमार पोखरेल रहेका छन् ।
त्यस्तै कलेज सञ्चालकहरु मध्ये खुमा अर्याल, रमेश शर्मा, प्रकाश लामिछाने, भेषराज अर्याल, हुमनाथ कोइराला, निसान राजभण्डारी रहेका छन् ।
Last modified on 2017-06-19 16:26:48
Reporter
View Other Stories by Author >>