नारी दिवसको अवसरमा ओम अस्पतालको ५० प्रतिशत छुट
काठमाण्डौ, २३ फागुन । चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेण्टरले अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा महिलाका लागि सप्ताहव्यापी विशेष क्यान्सर परीक्षण प्याकेज तथा छुटको व्यवस्था गरेको छ ।
क्यान्सर स्क्रिनिङ्गका लागि अस्पतालले दुईवटा प्याकेज ल्याएको बताएको छ । जसअनुसार प्यापेस्मियर, ब्रेष्ट अल्ट्रासाउण्ड लगायत परीक्षणका साथै विशेषज्ञद्धारा जाँच तथा परामर्शका लागि २५ सय रुपैयामात्र तिर्नुपर्नेछ ।
त्यस्तै प्यापिस्मेयर, पेट तथा पेल्भिस अल्ट्रासाउण्ड र बायलेट्रियल डिजिटल मेमोग्राम गर्न पनि पचास प्रतिशत छुटसहित पाँचहजारमात्र लाग्ने अस्पतालले जनाएको छ ।
साथै अस्पतालले नारी दिवसकै दिन (फागुन २५) निशुल्क बोन मास डेन्सिटी जाँचलाई निशुल्क गर्ने अस्पतालको योजना छ । साथै एकहप्तासम्म अन्य परीक्षणहरुमा पनि एक २५ प्रतिशत छुट दिइने अस्पतालले जनाएको छ ।
नारी दिवसको अवसरमा विशेष क्यान्सर जाँच प्याकेजका लागि अस्पतालमा अग्रिम नाम दर्ता गर्नुपर्ने बताइएको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>