धादिङ्गको विकट गाउँमा नेपालमै पहिलोपटक ‘अत्याधुनिक भास्कुलर शल्यशिविर’

What's This?


Download our app to get more features

काठमाण्डौं, २३ फागुन । धुलिखेल अस्पतालले नशा (भास्कुलर) सम्बन्धि क्याम्पस देखि समुदाय नामक शल्यक्रिया सहितको सुविधासम्पन्न शिविर आयोजना गरेको छ ।

अस्पतालले आइतबार धादिङ्गको विकट गाउँ छत्र देउराली गाविसमा नशा सम्बन्धि निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा अस्पतालको नशा तथा मुटुरोग शल्यचिकित्सक विशेषज्ञ प्रा.डा.रोविनमान कर्माचायको नेतृत्वमा शल्यविशेषज्ञको समूह सहभागी थियो । अस्पतालले ग्रामिण बस्तीहरुमा नशासम्बन्धि रोगहरुको उपचारमा सबैको पहुँच पुर्याउन क्याम्पस देखि समुदाय नामक स्वास्थ्य शिविर सञ्चालन गरेको बताएको छ ।

सर्जिकल टिमले अत्याधुनिक उपकरणसहित सम्भवतः नेपालमै पहिलो शिविर सञ्चालन गरेको अस्पतालले दावी गरेको छ । शिविरमा रेडियो तरंगमार्फत पिडुंलामा देखिने खुम्चिएको नशाको सफतापूर्वक शल्यक्रियासमेत गरेको छ । अस्पतालले  शल्यक्रिया यूनिट, एनेस्थेसिया, नर्सिङ विभाग, स्थानीय समुदाय, अस्पताल प्रशासन, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघसंस्थाहरुको सहयोगमा शिविर सञ्चालन हुन सकेको उल्लेख गरेको छ ।

अस्पतालले सन् २०१४ देखि रेडियो तरंगमार्फत अत्याधुनिक नशासम्बन्धि शल्यक्रिया गर्दै आएको छ । रेडियो तरंगमार्फत छोटो समयमै नशासम्बन्धी रोगहरुको शल्यक्रिया गर्न सकिने अस्पतालले उल्लेख गरेको छ ।

केहि हप्ताअगाडीको नशा सम्बन्धि रोगहरुको शल्यक्रिया विशेषज्ञहरुको समूहले ग्रामिण क्षेत्रमा पनि अत्याधुनिक पद्धति मार्फत निशुल्क शल्यक्रिया गर्ने निर्णयअनुसार शिविरको आयोजना गरिएको बताइएको छ ।

त्यस्तै धादिङ्गको छत्रेदेउराली पछि नुवाकोटको थानसिङ्गमा पनि निशुल्क शिविर सम्पन्न गरीएको अस्पतालले उल्लेख गरेको छ ।

Last modified on 2017-06-19 16:43:40

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts