पोलियो थोपा आजपनि खुवाइदैँ, कैलाली र पर्सामा केहिदिनपछि
काठमाडौँ, २३ फागुन । शनिवार र आइतबार पोलियो थोपा खुवाउन छुटेका पाँच बर्षमुनीका बालबालिकालाई आजपनि पोलियो थोपा खुवाइदैँ छ ।
शनिवारदेखि दुई दिनका लागि सुरु भएको पोलियो थोपा खुवाउने कार्यक्रम बालबालिका नछुटुने भन्ने उद्धेश्यले थप केही दिन संचालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तराईका १२ र काठमाडौ उपत्यकाका ३ सहित १५ ओटै जिल्लामा पोलियो थोपा खुवाईनेगरी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाललाई पोलियो उन्मुलन सुनिश्चित गर्न कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउन लागेको हो । तर, कैलाली र पर्सामा भने अझ केहिदिनपछि मात्रै पोलियो थोपा खुवाइने भएको छ ।
अवरोध तथा असहयोग गर्ने १८ जना स्वास्थ्यकर्मीहरुलाई सरकारले आइतबार निलम्वीत गरेको छ भने अवरोध गर्ने अन्य कर्मचारीहरुको पनि नामावली संकलन भईरहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य चौकीहरुमा आफुहरु नै इन्चार्ज हुन पाउनु पर्ने र आफुहरु भन्दा बढी योग्यता भएपनि एच ए लाई इन्चार्ज बनाउन नहुने माग गर्दै मन्त्रालय अन्तर्गत कार्यरत केही अहेबहरुले आन्दोलन गरेका हुन् ।
स्वास्थ्यकर्मीहरुको आन्दोलनका हजारौैं बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>