नेपाल औषधि उत्पादनमा छिटै आत्मनिर्भर हुन्छः स्वास्थ्य मन्त्री थापा
काठमाण्डौं, २२ फागुन । स्वास्थ्यमन्त्री गगन कुमार थापाले नेपाल छिटै औषधि उत्पादनमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरेका छन् ।
भृकुटिमण्डमा सम्पन्न तीनदिने छैठौं नेपाल फर्मा एक्स्पो २०१७ को अन्तिम दिन स्टलहरुको अवलोकन गर्दै मन्त्री थापाले नेपाली औषधि उत्पादनमा भएको प्रविधि, विकास तथा विभिन्न विधामा जानकारी लिँदै अन्तराष्ट्रिय स्तरमा नेपाली औषधि विकास हुँदै गएको बताए ।
मन्त्री थापालाई एक्स्पोमा नेपाल औषधि उत्पादक संघका पदाधिकारीले नेपालमा भइरहेका औषधिको उत्पादन र प्रविधिको विकासक्रमका बारेमा जानकारी गराएका थिए ।
एक्स्पो अवलोकन पछि फरक प्रसंगमा हाम्रो डक्टरसँग कुरा गर्दै मन्त्री थापाले पोलियो थोपा कार्यक्रममा अवरोध गर्ने स्वास्थ्यकर्मीले जुनसुकै राजनीतिक संस्थाको झण्डा बोकेपनि नछाडिने प्रतिक्रिया दिए ।
त्यसै अवसरमा स्वास्थ्य मन्त्री थापाले हाम्रो डक्टरको स्टल अवलोकन गर्दै हाम्रो डक्टरले एप्स, अनलाईन र पत्रिकाको मार्फत स्वास्थ्य सचेतनामा पुर्याएको योगदानको प्रसंसा समेत गरे ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>