माओवादी नेता पुन अस्पतालबाट डिस्चार्ज



Download our app to get more features

काठमाण्डौं २२,  फागुन ।  नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको थाइल्याण्डको बैंककमा रहेको समितिभेज अस्पतालमा उपचार भइरहेको थियो ।

पुनकी श्रीमती तथा सभामुख ओनसरी घर्तीले पुनको स्वाथ्यमा सुधार भएकाले अस्पतालले डिस्चार्ज गरिदिएको र बिहीबार नेपाल फर्कने ट्वीटमार्फत जानकारी दिएकी हुन् । भाइरल ज्वरो निको नभएका कारण ग्राण्डी अस्पतालले पुनलाई थाइल्याण्डमै लैजान सुझाव दिएको थियो । यसअघि पोहोर माघमा जण्डिसबाट प्रभावित पुनको थाइल्याण्डमा नै उपचार गरिएको थियो । 

Last modified on 2017-06-19 16:48:16

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts