गर्मीमा मोही पिउनाले हुन्छ यि समस्यामा राहत !



Download our app to get more features

गर्मीको मौसममा मानिसलाई अनेक समस्या हुने गर्छ । गर्मी मौसम सुरु भएसँगै हामीले आफूलाई कसरी रेखदेख गर्न सक्छौँ तर्फ बेलैमा सचेत भएर बस्नु पर्छ । गर्मीमा आफूलाई सकेसम्म चिसो राख्न हामी सबैले विभिन्न उपायहरु अपनाउने गर्छौँँ । ती उपायहरुमध्ये हामीले गर्मी मौसममा चिसो पेय पदार्थ पिउन बढी रुचाउँछौँ । गर्मीको मौसममा फ्रूट जूस, चिसो पानी, चिसो लस्सी, कोल्ड कफी र केहीलाई कागती पानी पिउन बढीले रुचाउने गर्छन् । तर, यो गर्मीको मौसमलाई झेल्न र यसबाट बच्न भने कमैले मोही पिउन मन पराउँछन् । सबैको आ–आफ्नो इच्छा र सबैको छुट्टा–छुट्टै स्वाद चाख्ने रहर हुन्छ । तर, मोही पिउनाले हाम्रो स्वास्थ्यलाई कस्तो फाइदा हुन्छ भन्ने बारेमा बुझ्यौँ भने सबैले दिनको एक पटक भएनि मोही पिउनु नै हुनेछ । 

हुन त यस बाहेक पनि धेरै यस्ता पेय पदार्थ छन् जसलाई पिएर गर्मीमा राहत पाउन सकिन्छ । तर, गर्मीमा राहत पाउनका लागि सबैभन्दा राम्रो पेय पदार्थ भनेको मोही नै हो । मोहीको गुणको बारेमा आयुर्वेदमा पनि व्याख्या गरिएको छ । दही र पानीको सन्तुलित मात्रामा तयार गरिने मोही गर्मी मौसमको लागि सबैभन्दा उत्तम पेय पदार्थ हो । 

कसै कसैलाई गुलियो मोही मन पर्छ भने कसैलाई विरे नुन, पुदिना, जिराको धुलो र चाट मसाल राखेर बनाइएको मोही पिउन मन पर्छ । 
 

मोही पिउनुको फाइदा ः

१. शरीरको तापक्रमलाई सँधै निन्यत्रणमा राख्न मद्दत गर्छ ।

२. पाचन क्रिया सँधै राम्रो बनाइ राख्छ ।

३. धेरै मसालेदार खाना खाइसकेपछि हुने जलन र एसिडिटीमा राहत दिलाउँछ ।

४. खाना खाइसकेपछि मोही पिउनाले शरिरमा अतिरिक्त बोसोलाई जम्न दिदैँन ।

५. क्याल्शियम, प्रोटीन, भिटामिन बी र पोटाशियमको गुणले भरपुर हुन्छ ।

६. छालालाई चम्किलो बनाउनमा सहयोग गर्छ ।  मोहीको नियमित सेवनले छाला कोमल र मुलायम बनि रहन्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-19 16:49:28

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts