आज सुरक्षाकर्मी परिचालन गरेर भएपनि पोलियो थोपा खुवाइने
काठमाडौँ, २२ फागुन । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको पूर्व कार्यक्रम अनुसार देशका विभिन्न जिल्लामा आज पनि पोलियो थोपा खुवाईँदैछ ।
हिजोदेखि सुरु गरिएको पोलियो खुवाउने अभियान स्वास्थ्यकर्मीको आन्दोलनका कारण यस कार्यक्रमलाई अझ केहिदिन सम्म निरन्तरता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आजसम्म सञ्चालन गर्ने भनिएको पोलियो थोपा खुवाउने कार्यक्रम जबसम्म १६ लाख ९२ हजार बालबालिकाले पाउँदैनन् तबसम्म निरन्तर चल्ने जनाएको छ ।
पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई खुवाउन हिजोदेखि थालिएको खोप कार्यक्रम थप केही दिन जारी रहने स्वास्थ्यमन्त्री गगन थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।
स्वास्थ्यकर्मीको आन्दोलनका कारण अवरोधकाबीच शनिवारबाट सुरु भएको खोप कार्यक्रम पहिलो दिन १४ वटा जिल्लामा सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
शनिवार सप्तरी जिल्ला बाहेकका जिल्लामा खोप सञ्चालन भएको मन्त्रालयले जनाएको छ । खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन आइतवारदेखि स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनमा जिल्लाहरुमा पर्याप्त सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।
सुरक्षाकर्मी परिचालन गरेर भएपनि खोप आवश्यक भएका सबै बालबालिकालाई खुवाउने मन्त्रालयको तयारी छ ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>