चुरोटमा हुन्छ यी १४ हानीकारक तत्व, थाहा पाए तपाईंले पनि चुरोट छाड्नुहुनेछ !



Download our app to get more features

काठमाण्डौ, २१ फागुन । हिजोआज अधिकांश युवा चुरोट पिउँछन् । विद्यालय उमेरदेखि नै किशोरकिशोरी पनि चुरोटका अम्मली हुने गरेका छन् । अधिकांश चुरोट पिउनेहरु अरुको देखासिखी गर्दागर्दै धुम्रपानको लतमा फस्छन् । तर चुरोट पिउँदा हुने हानीको बारेमा भने खासै चासो देखाउँदैनन् । चुरोटमा निकोटिन तत्व पाइन्छ र सोही रसायनका कारण लाग्ने तलतलीका कारण चुरोटको लत बस्छ भन्ने कुरा धेरैलाई थाहा छ ।

चुरोट तथा सूर्तिमा निकोटिन रसायन पाइने कुरा धेरैलाई थाहा भएपनि चुरोटमा अरु धेरै हानिकारक रसायन पनि हुन्छन् भन्ने कुरा थाहा नहुन सक्छ । तर यथार्थ कुरा के हो भने चुरोटमा निकोटिन भन्दा पनि खतरनाक अन्य कैयन् रसायनहरु हुन्छन् ।

चुरोटमा हुन्छ यी १४ हानीकारक तत्व, थाहा पाए तपाईंले पनि चुरोट छाड्नुहुनेछ !
निकोटिनः चुरोटमा निकोटिन नामक रसायन उच्च मात्रामा पाइन्छ । सूर्तिबाट निकोटिन प्राप्त हुन्छ । यसले डिएनएमा क्षति पूर्याउने तथा क्यान्सर लगायतका रोग सिर्जना गर्नमा भूमिका खेल्छ ।

आर्सेनिकः आर्सेनिक यस्तो धातु हो जसले रगतलाई विषाक्त पार्छ । यसले शरीरका महत्वपूर्ण कोषिकाहरुलाई नष्ट गर्दछ ।

बेन्जिनः बेन्जिन एक प्रकारको पेट्रोकेमिकल हो । बेन्जिन त्यो रसायन हो जो ड्राइ क्लिनरमा लुगा सफा गर्न प्रयोग गरिन्छ । यो क्यान्सर गराउने एक तत्व हो र यसका कारण रक्तक्यान्सरको जोखिम उच्च हुन्छ ।

अलकत्राः चुरोटमा अलकत्रा समेत पाइन्छ । चुरोट बल्दा अलकत्रा वा टार बन्दछ । त्यो अलकत्रा ठीक त्यही चिज हो जो सडकमा प्रयोग गरिन्छ । सोही कारण चुरोट पिउँदा दाँत पहेँलो हुने र फोक्सो कालो हुने गर्छ ।

एसिटोनः नङ पालिस हटाउन प्रयोग गरिने झोल हो एसिटोन । चुरोटमा समेत सोही रसायन पाइन्छ । त्यस कारण चुरोट पिउने मानिसको वायुनली तथा फोक्सोमा नकारात्मक असर पुग्छ ।

कार्वन मोनोअक्साइडः चुरोट तान्दा निस्कने धुँवामा ५ प्रतिशत कार्वन मोनोअक्साइड हुन्छ । यसले राता रक्तकोषको अक्सिजन बोक्ने क्षमतामा ह्रास पूराउँछ । यसका कारण फोक्सोमा असर पुग्नुका साथै विभिन्न खाले हृदयरोगको खतरा बढ्छ ।

फमाएल्डिहाइडः यो निकै हानिकारक रसायन हो । यसले रक्तकोषिकाहरुमा क्षति पुर्याउँछ ।

क्याडिमयमः चुरोटमा पाइने यो हानिकारक धातुले मिर्गौलामा असर पुर्याउँछ । 

नाइट्रोजन अक्साइडः यो विषाक्त ग्यासले फोक्सोमा नकारात्मक असर पुर्याउनुका साथै रगतलाई पनि विषाक्त बनाउँछ ।

क्रोमियमः यो हानिकारक धातुले क्यान्सरको खतरा बढाउँछ । यसले डिएनएमा पनि क्षति पुग्छ । 

कपूरः नाप्थालिन भनिने यो रसायन शरीरका लागि निकै हानिकारक हुन्छ ।

एमोनियाः यही रसायनका कारण चुरोट तान्ने मानिसको सास ठुस्स गन्हाउँछ । यसले समेत मानिसमा लत बसाल्ने काम गर्छ ।

हाइड्रोजन साइनाइडः यो निकै विषाक्त रसायन हो । यसले वायु नली तथा फोक्सोमा क्षति पुर्याउँछ ।

शिशाः शिशा निकै हानिकारक रसायन हो । यो निकै विषाक्त रसायन पनि हो । यसले रगतलाई विषाक्त बनाउनुका साथै मात्रा बढि भयो भने मानिसको ज्यानै जान सक्छ । यो क्यान्सर गराउने तत्व पनि हो ।

एजेन्सीको सहयोगमा

Last modified on 2017-06-19 16:53:04

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

1 Comments

  1. Im also a smoker man but I wants to leave smoking habit. how can I do it?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts