विदेशी भूमिमा 'ऐतिहासिक नेपाली चर्मरोग सम्मेलन’
काठमाण्डौ, २१ फागुन । चर्म, यौन तथा कुष्ठरोग समाज नेपालले संयुत्तः राज्य अमेरिकाको ओरलाण्डो शहरमा अमेरिकन एकेडेमी अफ डर्माटोलोजीसँग संयुक्त रुपमा पहिलो पटक सम्मेलनको आयोजना गरेको छ ।
शुक्रवार सम्पन्न सम्मेलनमा नेपालबाट १६ जना चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ सहभागी थिए । सम्मेलनमा नेपालमा विद्यमान छालाजन्य रोगहरुका बारेमा छलफल भएको थियो । नेपालमा भएका चर्म, यौन तथा कुष्ठ रोग सम्बन्धी अध्ययनहरुका बारेमा नेपालका तर्फबाट सहभागी चिकित्स यसको उपचार प्रविधि एवं अभ्याँसका बारेमा बहस भएको सम्मेलनका आयोजक चर्म, यौन तथा कुष्ठरोग समाजका उपाध्यक्ष डा. सुदीप पराजुलीले हाम्रो डक्टरलाई जानकारी दिए ।
सम्मेलनले भविष्यमा नेपालका चर्मरोगको परीक्षण, उपचार एवं अनुसन्धानमा सहज हुनुका साथै नेपालमा विद्यमान चर्मरोगका विषयमा विश्वभरका अनुसन्धानकर्तालाई आकर्षित गर्ने आयोजकको विश्वास छ । अमेरिकी भूमिमा भएको नेपाली कार्यक्रमले नेपालका चर्मरोगीको उपचारमा नयाँ अभ्याँसको सुरुवात गर्ने डा. पराजुलीले दावी गरे ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।