१५ जिल्लामा आज र भोलि पोलियो खुवाईदै
काठमाडौ, २१ फागुन । स्वास्थ्यकर्मीहरुको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज र भोलि पोलियो थोपा खुवाईदै छ ।
तराईका १२ र काठमाडौ उपत्यकाका ३ सहित १५ जिल्लामा आज पोलियो खुवाउन लागिएको हो । कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।
आज र भोलि पोलियो खुवाईने जिल्लाहरुमा केही स्वास्थ्यकर्मीहरुले अवरोध गरेमा गर्ने तयारी गरेकाले सुरक्षा व्यवस्था गरी सेवा सुचारु गराउन सहयोग गर्न स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । स्वास्थ्य संस्थाहरुको तालाबन्दी खोली पोलियो खोप कार्यक्रम सुचारु गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले हिजो नै गृह मन्त्रालयलाई आग्रह गरेको हो ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले पनि स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामा लगाएको ताला तत्काल खोली निर्विवाद रुपमा पोलियो लगायत नागरिकहरुले पाउने सवै स्वास्थ्य सेवालाई सुचारु गर्न आह्वान गरेका छन् । मन्त्रालय अन्तर्गत कार्यरत केही स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ख.को विशेष पदस्थापनाको विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थाहरुमा तालबान्दी गरेका छन् ।
उनीहरुको माग संवोधन गर्न मन्त्री थापाले विभिन्न निर्णयहरु गरिसकेको भन्दै आन्दोलनकारीहरुसँग पटक पटक छलफल गरेर पोलियो खुवाउने कार्यक्रमा अवरोध नगर्न आग्रह गरेका छन् ।
1 Comments
-
भक्तपुर मा सन्चालान भएको छैन ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>