पोखरामा पनि चिकित्सक दिवस मनाइयो
पोखरा, २० फागुन । नेपाली राष्ट्रिय चिकित्सक दिवसको अवसरमा पोखरामा पनि नेपाल चिकित्सक संघ, गण्डकी शाखाको आयोजनामा औपचारिक कार्यक्रम सम्पन्न भएको छ। गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पृथ्वी चोकमा आयोजित कार्यक्रममा पोखरामा कार्यरत चिकित्सकहरु सहभागी भए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका पुर्व निर्देशक डा.कालू शर्मा सुवेदी उपस्थित भए । त्यस्तै नेपाल चिकित्सक संघ, गण्डकी शाखाका अध्यक्ष डा. निर्मल लामिछाने आदिले चिकित्सकका हक, हितका बारेमा बोले । कार्यक्रममा खुला रक्तदानको पनि आयोजना गरिएको थियो भने रक्तदानबाट संकलित ३३ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटी कास्कीलाई हस्तान्तरण गरियो ।
Last modified on 2017-06-19 17:04:55
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।