धुलो र धुवाँमा स्वाइन फ्लु सक्रिय हुन्छ, कसरी बच्ने ?
काठमाण्डौं । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएपछि राजधानीमा यसको संक्रमण बढ्न सक्ने भएकोले विशेषज्ञहरुले सर्तक रहन सुझाव दिएका छन् ।
स्वाइन फ्लुको संक्रमित भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले विशेष सतर्कता अपनाउन आग्रह गरेका हुन् । डा. पुनका अनुसार पछिल्लो समय राजधानीमा अत्याधिक बायु प्रदुषण बढिरहेकोले पनि काठमाण्डौं स्वाइन फ्लुको उच्च जोखिममा रहेको बताए । उनले विभिन्न अध्ययन अनुसन्धानहरुले स्वाइन फ्लुको भाइरस धुलो र धुँवाको कणहरुमा टाँसिएर फैलिने बताउँदै उच्च सर्तकता अपनाउन आग्रह गरेका हुन् ।
के हो स्वाइन फ्लु
स्वाइन फ्लू एक खतरनाक भाइरसको संक्रमणबाट लाग्दछ । मेक्सिकोको वेराक्रुजको एक सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएकाले यसलाई केही स्थानमा सुँगुर ज्वरो पनि भन्ने गरीन्छ । स्वाइन फ्लु संक्रमणका लागी विभिन्न ४ प्रकारका भाइरसहरु एच वन एन वन (H1N1) एच वन एन टु(H1h2) एच थ्री एन टु (H3N2) र एच थ्री एन वन (H3N1) लगायत जिम्मेवार हुन्छन ।
यी मध्ये एच वन एन वन ज्ज्ञल्ज्ञ सबैभन्दा खतरनाक भाइरस हो । अहिलेसम्म विश्वभर करिब दुई सय देशहरूमा स्वाइन फ्लु देखिईसकेको छ ।
कस्तो हुन्छ लक्षणहरु
१) लामो समयसम्म खोकी लागिरहने
२) १० दिनभन्दा बढी समयसम्म १ सय डिग्रीभन्दा बढीको ज्वरो आउने,
३) घाँटी खस्खसाउने र खान मन नलाग्ने
४) बालबालिकामा ज्वरोसँगै बान्ता आउने र पखाला लाग्ने
५)ं शरीरको विभिन्न जोर्नीहरु दुख्ने र
६) आँखाहरु रसिलो हुने
कसरी बच्ने
१) स्वाइन फ्लु छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने
२) खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने
३) बाहिरबाट घर प्रबेश गर्नुपूर्व साबुन पानीले हातमुख धुने
४) झोलिलो खानेकुरा बढी खाने र
५) स्वाइन फ्लु भएको शङ्का लागेमा राष्ट्रिय प्रयोगशाला टेकुमा गएर परीक्षण गर्ने ।
Reporter
View Other Stories by Author >>