छैठौं फर्मा एक्स्पो राजधानीमा सुरु, ५० हजारले अवलोकन गर्ने अनुमान
काठमाण्डौं, २० फागुन । गूणस्तरीयताबाट आत्मर्निभरता तर्फ भन्ने मुल नाराका साथ छैठौं नेपाल फर्मा एक्प्पो २०१७ भृकुटिमण्डपमा सुरु भएको छ ।
नेपाल औषधि उत्पादक संघ (एप्पोन)ले आयोजना गरेको एक्स्पो एक कार्यक्रमका माझ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्घाटन गरेका छन् ।
एक्स्पोमा नेपाल लगायत विभिन्न देशका एक सय ८ वटा स्टल रहेको एक्स्पोका प्रवक्ता प्रज्वलजंग पाण्डेले जानकारी दिए ।
शुक्रवारदेखि आइतवारसम्म सञ्चालन हुने एक्स्पोमा करिब ५० हजारले अवलोकन गर्ने आयोजकको विश्वास छ । एक्स्पोमा चिकित्सक, फर्मासिष्ट, स्वास्थ्यकर्मी, उद्यमी, सम्बन्धीत विभागमा अध्ययनरत विद्यार्थहरुको सहभागि छन् ।
उद्घाटन समारोहमा बोल्दै औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले नेपाली औषधि उद्योगले गूणस्तरीयतामा ध्यान दिदै औषधि उत्पादन गर्दै आत्मनिर्भता तर्फ लागि सकेको बताए । यसका लागि नयाँ प्रविधि र ज्ञान हाँसिल गर्न एक्स्पो सहयोगी हुने उनको विश्वास छ ।
त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष समेत रहेका देउराली जनता फर्मास्युटिकलका अध्यक्ष हरिभक्त शर्माले औषधिको मूल्य नियन्त्रण गरेर सरकारले स्वदेशी उद्योगलाई धरासयी बनाउन खोजेको बताए ।
हाल नेपाली औषधि उद्योगले नेपालको करिब ४५ प्रतिशत औषधिको माग धानेको छ । कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले उद्योगीलाई मनासिव मुनाफा लिन आग्रह गरे । औषधि उद्योगलाई धरासयी बनाउन नभै गरिव विपन्न जनता को पहुँचमा औषधि पुर्याउन मूल्य तोक्नुपरेको बताए ।
संघले नेपाली औषधि उद्योग क्षेत्रको विकास र प्रर्वधनको लागि अतुलनीय योगदान दिएका प्रा. डा. पन्ना थापालाई सम्मान गर्नुको साथै स्व. एस.एन. रावको स्मृतिमा एशियन एस.एन. राव पुरस्कार नगद ५० हजार सहित फर्मासिष्ट आशिष भण्डारीलाई प्रदान गरिएको छ ।