स्वास्थ्य स्वयंसेविकालाई मोबाइल उपहार



Download our app to get more features

गोरखा, २० फागुन । अहोरात्र स्वास्थ्य सेवामा खटिरहेका गोरखाका विभिन्न गाउँका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट उपहार दिइएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले नेपाल प्रजनन स्वास्थ्य सेवा केन्द्र (एनएफसिसी) र विभिन्न सङ्घसंस्थाको सहयोग र समन्वयमा स्वयंसेविकालाई मोबाइल उपलब्ध गराएको हो । 

आफ्नो जिम्मेवारी र सेवामा उत्प्रेरणा जगाउँदै गाउँलेको सेवामा थप सहयोगी बन्दै लाग्ने विश्वासका साथ स्वयंसेविकालाई मोबाइल उपलब्ध गराउने चाँजोपाँजो मिलाइएको हो । 

स्वयंसेविकाले थोरै सरकारी सेवा, सुविधा लिएर पनि दुर्गमदेखि सुगम गाउँसम्म पुगेर जनताको स्वास्थ्य सेवा, खोप, पोलियो थोपा, हात्तीपाइलेविरुद्धको औषधि खुवाउनेलगायत काम गर्दै आएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर अधिकृत वीरबहादुर श्रेष्ठले जिल्लाका ६२४ जना स्वयंसेविकालाई मोबाइल सेट उपहार दिइसकेको र सिम, रिम पनि उपलब्ध गराउने कार्य भइरहेको जानकारी दिए । यीमध्ये विभिन्न २४ गाविसका स्वयंसेविकालाई केही समयका लागि रिचार्ज खर्चको समेत व्यवस्था गरिएको छ । 

रु दुई हजार मूल्य पर्ने मोबाइल सेट उपहार दिइएको हो । कार्यालयले दिएको मोबाइल सेट स्वयंसेविका छाडेको दिन फिर्ता गर्नुपर्नेछ । श्रेष्ठले भने – “स्वयंसेविकाका रुपमा काम गर्दासम्म यो मोबाइल सेट फिर्ता गर्नुपर्दैन । पदबाट छाडेको दिन नयाँ स्वयंसेविकालाई दिनुपर्छ । त्यो मोबाइल कार्यालय प्रयोजनका लागि हो ।” 

एनएफसिसीले २१७, सेभ द चिल्डे«नले २१७ र टिपिओ नेपालले १९० थान मोबाइल सेट खरिद गरी जनस्वास्थ्य कार्यालयमा बुझाएपछि स्वयंसेविकाको मोबाइल उपहार दिइएको कार्यालयले जनाएको छ । कार्यालयले तोकेको नम्बरबाट कामका लागि फोन गर्दा सहज हुने रहेछ” – उनले भने । रासस
 

Last modified on 2017-06-19 17:07:07

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts