आन्दोलनरत स्वास्थ्यकर्मीलाई फकाउँदै सरकार, स्वास्थ्यकर्मीको आन्दोलन जारी (विज्ञप्तिसहित)
काठमाण्डौ, २० फागुन । स्वास्थ्य सेवा ऐनको दफा ९(ख) अनुसार स्तरबृद्धि भई पदस्थापना हुन नसकेका स्वास्थ्यकर्मीले आन्दोलन जारी राखिरहँदा उनीहरुको माग स्वास्थ्य मन्त्रालयका लागि टाउको दुखाइको विषय बनेको छ ।
दस्थापनाका भएका कर्मचारीलाई पुलदरबन्दी मार्फत जिल्ला अस्पताल र माथिका निकायमा व्यवस्थापन गर्ने सरकारी निर्णयसँग असहमत स्वास्थ्यकर्मीसँग वार्ता जारी राख्दै स्वास्थ्य मन्त्रालयले सबैको माग पुरा गर्ने दोहोर्याएको छ । मन्त्रालयले पुलदरबन्दी तत्काल निजामति किताबखानामा प्रकाशित गर्ने, कर्मचारीहरुको इच्छा अनु्सार विभिन्न विभाग, महाशाखाहरुमा दरबन्दी कायम गर्ने, ऐनको दफा ९ ख खारेज गरी स्थायी दरबन्दी गराउने, कर्मचारीलाई तालिम दिएर वृत्तिविकासको बाटो खोल्ने लगायत विभिन्न विषय समेट्दै मन्त्रालयले राति विज्ञप्ति निकालेको हो ।
यद्यपी आन्दोलनरत स्वास्थ्यकर्मीले भने सरकारी विज्ञप्ति अल्झाउने बाटोमात्र भएको भन्दै आन्दोलनलाई जारी राख्ने बताएका छन् ।
हेरौं मन्त्रालयले बिहीवार अबेर राति जारी गरेको विज्ञप्ति
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>