आज विश्व श्रवण दिवस, नेपालमा पनि पहिलो पटक मनाइयो



Download our app to get more features

काठमाडौँ, २० फागुन । आज विश्व श्रवण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी पहिलो पटक मनाइएको छ । “ध्वनि प्रदूषणलाई रोकौँ र बहिरोपनबाट बचौँ र बचाऔँ” मूल नाराका साथ यो दिवस नेपालमा पहिलो पटक मनाइएको हो । 

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याकं अनुसार नेपालमा करिब १६ प्रतिशत मानिस बहिरोपनको शिकार भएका छन् ।

आगामी दिनमा यसलाई रोक्ने उदेश्यका लागि यो दिवस नेपालमा मनाउन सुरु गरिएको वीर अस्पतालका नाक कान घाँटी रोग विभाग प्रमुख तथा नेपाल बहिरोपन निवारण आयोजनाका प्रमुख डा.ढुण्डिराज पौडेलले बताए । बढ्दो ध्वनिप्रदूषण र युवामाझ लोकप्रिय बनेको मोबाइल फोन र ग्याजेटहरुको प्रयोगबाट बहिरो हुने खतरा उच्च रहेकाले सचेत गराउन र बाँच्न पाउने अधिकार सबै नागरिकको भएकाले यो दिवस मनाइएको डा. पौडेलको भनाइ छ । 

डा.पौडेलले बहिरोपनसँग सम्बन्धि  नीति नियम चाँडै बनाउन सरकारलाई आफुहरुले पटक पटक भन्दै आएको र त्यस सम्बन्धमा सरकारले चाँडै नै कदम उठाउनेमा आश्वस्त बनाएको बताए ।
श्रवण दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले प्रभातफेरि निकालेको थियो । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली हुँदै माइतीघर मण्डलामा गएर सम्पन्न भएको थियो । 

 

Last modified on 2017-06-19 17:08:01

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts