जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरमा तालाबन्दी



Download our app to get more features

भक्तपुर, १९ फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरमा आन्दोलनरत स्वाथ्यकर्मीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

विगत २ महिना देखि आन्दोलन जारी रहँदापनि स्वास्थ्यकर्मीको मागमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्यकर्मी बीचको वार्ता निस्कर्षमा नपुगेको भन्दै आन्दोलनलाई निरन्तरता दिन  विभिन्न स्वास्थ्यकर्मी संघले संयुक्तरुपमा अनिश्चितकालिन तालावन्दी गरेको हो ।

बिहीवार जनस्वास्थ्य कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाउंदै बुधबार जारी गरीएको संयुक्त विज्ञप्ति अनुसार सेवामा प्रभाव नपर्ने गरी तालावन्दी गरीएको अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन भक्तपुरका अध्यक्ष शेषराज दाहालले बताए ।

दाहालका अनुसार विभिन्न अत्यावश्यक खोप कार्यक्रम, औषधि बितरण, विपन्न नागरिकलाई औषधि उपचार र आकस्मीक सेवामा बाहेक अन्य कुनै पनि जिल्ला तथा राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न नदिने गरी तालाबन्दी गरिएको हो ।

साथै ज्ञापनपत्रमा आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वास्थ्य मन्त्रालय र मातहतका निकाया हनेसमेत उल्लेख गरिएको छ ।  भक्तपुर जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरु आवद्ध नेपाल स्वास्थकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले संयुक्त रुपमा ज्ञापनपत्रसहित तालाबन्दी गरेका हुन् ।

Last modified on 2017-06-19 17:10:12

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts