यसकारण छातीमा पीप जम्छ। जोगिन यसो गर्नुस्...(भिडियो सहित)



Download our app to get more features

पछिल्लो समय छातीमा पिप जम्ने समस्या धेरैमा भएको सुन्न पाइन्छ । गरिबी, अशिक्षा र स्वास्थ्यप्रति सचेतना कम भएका कारण पनि छातीमा पीप जम्ने समस्या बढेको हो । छातिमा पीप कसरी जम्छ र यसबाट कसरी बच्ने ? मुटु तथा नशारोग विशेषज्ञ डाक्टर दिनेश चापागाईं यसो भन्छन् :

मानिसको छातिमा दुईवटा थैला हुन्छन् । फोक्सो निर रहेका यस्ता थैलामा विभिन्न खालको संक्रमण हुदा छातिमा तरल पदार्थ जमेर श्वासप्रश्वासमा असर गर्छ । यस्तो अवस्थामा छातिमा पीप जमेको हुन सक्छ ।

छातिमा पीप जम्ने मूख्य कारण :
छातिमा यही कारणले मात्र पीप जम्छ भन्ने हुँँदैन । तर विशेष गरेर निम्न कारणले छातिमा पीप जम्छ ः
१.लामो समय ज्वरो आएर निमोनिया हुुनु ।
२.फोक्सोको क्यान्सर हुनु ।
३. क्षयरोग हुनु ।
४.लामो समय धुमपान तथा मद्यपान गर्नु ।
५.मधुमेह हुनु ।
६. छातिमा कुनै संक्रमण हुनु ।
७. वंशाणुगत गुण ।

छातिमा पिप जम्दा देखिने लक्षण :
१.ज्वरो आउनु ।
२.छाति दुख्नु ।
३.श्वासप्रश्वासमा समस्या हुनु ।
४.अस्वभाविक तौल घट्नु ।
५.खान मन नलाग्नु ।
६.बिना काम पनि पसिना आउनु ।
७.आलस्य हुनु । 

छातिमा पीप जम्न नदिन यसो गर्ने :
१.मधुमेह तथा क्षयरोगको औषधि नियमित सेवन गर्ने ।
२.निमोनिया हुन नदिने, भए सुरुवाती चरणमा नै उपचार गराउने ।
३.मद्यपान तथा धुम्रपान नगर्ने ।
५.फोक्सोको क्यान्सर भए समयमै उपचार गराउने ।
६.एडस् तथा अन्य दीर्घरोग लागेका व्यक्तिले विशेष सावधानी अपनाउने ।
७. सामान्य रोग लागे पनि एन्टिबायोटिक औषधिको प्रयोग सम्भव भएसम्म नगर्ने ।

उपचार पद्धति :
पीप जमेको अबस्था हेरर यसको उपचार पद्धति अवलम्बन गरिन्छ ।  पीप धेरै जमेको अवस्थामा विशेषज्ञद्धारा
१.सिरिन्जबाट पीप निकाल्ने ।
२.पाइप लगाएर निकाल्ने ।
 ३. छाति खोलेर पिप निकाल्न पनि सकिन्छ ।
यो समस्या सबै उमेर समुहका व्यक्तिमा हुन सक्छ । तर तुलानात्मक रुपमा ५० वर्ष कटेका पुरुषमा बढी हुन्छ । 
पीप जमेको लामो समय भए अन्य अंगमा सर्ने सभावना पनि बढी हुन्छ । यस अर्थ कुनै पनि लक्षण देखिए वा शंका लागे तुरुन्त विशेषज्ञसँग परीक्षण गराउनु पर्छ । बेलैमा उपचार गरे पूर्णरुपमा निको पार्न सकिन्छ ।

Last modified on 2017-06-19 17:10:31

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts