उच्चरक्तचापको सहज उपचार तरिकामा वैज्ञानिकहरुलाई सफलता
एजेन्सी । वैज्ञानिकहरुले उच्च रक्तचापको संभावित नयाँ तरिकाबाट उपचार गर्न सक्ने तरिका पत्ता लगाएका छन् ।
व्रिष्ट्रोल विश्वविद्यालय र एफेरेण्ट फर्मास्ट्युकल्सले संयुक्त रुपमा गरेको अध्ययनबाट उच्च रक्तचापको समस्यालाई नयाँ उपचार पद्धतिबाट उपचार गर्न सकिने पत्ता लागेको हो ।
अध्ययनकर्ताका अनुसार नयाँ उपचार पद्धति अनुसार टाउको र गर्धनमा रक्तसञ्चार गर्न सहयोग गर्ने मुख्य धमनीसँग सम्बन्धित असामान्य नशाको संकेतलाई अध्ययन गर्नुपर्ने हुन्छ । साथै केमोरिसेप्टर्सको सानो समुह र टाउको र गर्धनमा रक्तसञ्चार गर्न सहयोग गर्ने मुख्य धमनीलाई विभाजन गर्न सहयोग गर्ने कोषहरुलाई अध्ययन गर्नुपर्ने हुन्छ ।
गएको सोमबार नेचरमेडिसिनको अनलाइन सस्करणमा “उच्च रक्तचाप नियन्त्रणका लागी नयाँ उपचार पद्धति : कारोटिड बढीमा प्युरीनेर्जिक रिसेप्टर” नामक शीर्षकमा अध्ययनकर्ताहरुले अध्ययनको निस्कर्श प्रकाशित गरेका छन् । यस अध्ययनको नेतृत्व व्रिष्ट्रोल विश्वविद्यालयका प्रा. डा जुलियन पाटोनले गरेका हुन् । नयाँ उपचार पद्धतिको मुख्य उद्धेश्य स्नायु प्रणालीको गतिविधि नियन्त्रण गरी टाउको र गर्धनमा रक्तसञ्चार गर्न सहयोग गर्ने मुख्य धमनीको नियन्त्रण गर्ने रहेको छ ।
अध्ययनको निस्कर्षले भनेझैं स्नायु प्रणालीको गतिविधि नियन्त्रण गरी टाउको र गर्धनमा रक्तसञ्चार गर्न सहयोग गर्ने मुख्य धमनीको नियन्त्रण गर्ने औषधिको परिक्षण भइरहेको छ । पि टु एक्स थ्रि रिसेप्टर्सको परीक्षण मेडिकल क्षेत्रमा एउटा चमत्कार हुनेछ, जसबाट उच्च रक्तचापको समस्यालाई सरल, सहज र भरपर्दो पद्धतिले नियन्त्रण गर्न सक्षम हुनेछौं । -डा. एंगस बुलबुल, नशा तथा मुटुरोग विशेषज्ञ, अध्ययनका सहलेखक तथा बिस्ट्रोल हर्ट सेण्टर
जसले सक्रिय रक्तचापलाई अनियन्त्रित गरी उच्च बनाइदिन्छ । यो पद्धति अन्य औषधि खाएर नियन्त्रण गर्नुभन्दा धेरै प्रभावकारी रहेको अध्ययनकर्ताहरुले दावी गरेका छन् । अध्ययनका सहलेखक तथा बिस्ट्रोल हर्ट सेण्टरका नशा तथा मुटुरोग विशेषज्ञ डा. एंगस बुलबुलका अनुसार अध्ययनको निस्कर्षले भनेझैं स्नायु प्रणालीको गतिविधि नियन्त्रण गरी टाउको र गर्धनमा रक्तसञ्चार गर्न सहयोग गर्ने मुख्य धमनीको नियन्त्रण गर्ने औषधिको परिक्षण भइरहेको छ । उनले भने पि टु एक्स थ्रि रिसेप्टर्सको परीक्षण मेडिकल क्षेत्रमा एउटा चमत्कार हुनेछ, जसबाट उच्च रक्तचापको समस्यालाई सरल, सहज र भरपर्दो पद्धतिले नियन्त्रण गर्न सक्षम हुनेछौं ।
रगतमा पाइने स्नायु रसायन जस्तै अक्सिजनको स्तर कम हुँदा कारोटिड सक्रिय भएर मस्तिश्कलाई श्वास र रक्तसञ्चार बढाउन सन्देश दिने भएकोले उच्च रक्तसञ्चारको समस्या देखिने गर्दछ । अब हामी कारोटिड अर्थात टाउको र गर्दनमा रक्तसञ्चार गर्न सहयोग गर्ने मुख्य धमनीसँग सम्बन्धित असामान्य नशाको संकेतलाई नियन्त्रण गर्ने औषधिको परीक्षणमा छौं । -डा.एन्थोनि फोर्ड, संस्थापक तथा मुख्य बैज्ञानिक, एफेरेण्ट फर्मासिट्युकल्स
प्रा.डा.पाटोनले एफेरेण्ट फर्मासिट्युकल्सका संस्थापक तथा मुख्य बैज्ञानिक डा.एन्थोनि फोर्डनै औषधि परीक्षणमा लागेकोले आशावादी रहेको बताए । डा.एन्थोनी फोर्डका अनुसार रगतमा पाइने स्नायु रसायन जस्तै अक्सिजनको स्तर कम हुँदा कारोटिड सक्रिय भएर मस्तिश्कलाई श्वास र रक्तसञ्चार बढाउन सन्देश दिने भएकोले उच्च रक्तसञ्चारको समस्या देखिने गर्दछ । उनले भने अब हामी कारोटिड अर्थात टाउको र गर्दनमा रक्तसञ्चार गर्न सहयोग गर्ने मुख्य धमनीसँग सम्बन्धित असामान्य नशाको संकेतलाई नियन्त्रण गर्ने औषधिको परीक्षणमा छौं ।
अध्ययनकर्ताहरुले एम के ७६२४ का बायुसेनाका जवानहरुलाई औषधिको खुवाएर परीक्षण भैरहेको समेत उल्लेख गरेका छन्
Reporter
View Other Stories by Author >>