व्यस्त महिला कसरी स्वस्थ रहने 



Download our app to get more features

पुरुषको तुलनामा महिलालाई घरायसी कामकाजको जिम्मेवारी बढी हुन्छ । घरदेखि कार्यालयसम्मको जिम्मेवारी सहजै सम्हालेर चलाउन सक्नु त्यति सजिलो काम हैन । घरदेखि अफिससम्मको दौडधूपका कारण महिला आफ्नो शारीरिक तन्दुरुस्तीमा चाहेर पनि ध्यान दिन सकिरहेका हुँदैनन् । यसकारण पनि अधिकांश महिला चाँढै रोगको शिकार हुने गर्छन् । 

यस्तो अवस्थामा तपार्इंले थोरैमात्र पनि आफ्नो व्यवहारमा परिवर्तन गर्ने प्रयत्न गर्नुभयो भने आफ्नो शारीरीक तन्दुरुस्ततालाई कायम राख्न सक्नुहुनेछ ।

 पैदल हिँड्ने बानीः सकेसम्म तपाईं कार्यालय जाँदा पैदल जानुस् । यदि सम्भव नभए तपाईंको अफिसमा प्रयोग गर्ने लिफ्ट नचडी सिंढीको प्रयोग गर्न सक्नुहुन्छ । यसका साथै बिहान वा खाना खाएपछि केही समय हिड्ने समय व्यवस्थापन गर्न सक्नुहुन्छ ।

थोरै थोरै तर पटक पटक खानुस्ः एकै पटक पेटभरी खाना खाने बानि छ भने आजै त्याग्नुस् । यसो गर्दा पेट बढ्ने सम्भावना कम हुन्छ । पौष्टिक तत्वयुक्त खाना पटक पटक खाइरहनुस् । 

कामको बीचमा आराम गर्नुस्ः अफिसमा वा घरमा एकै ठाउँमा लामो समयसम्म काम गरीरहनु स्वस्थ्यको लागि हानिकारक हुन्छ । एकै ठाउँमा नबसी कामको बीचबीचमा आराम गर्ने बानी गर्नुस् । यसो गर्दा तपाईंको शरीरमा स्फूर्ति आउनुको साथै काम समेत प्रभावकारी ढंगले सम्पन्न गर्न मद्दत पुग्छ । 

चिन्ता मुक्त हुनुस्ः कुनै पनि काम गर्दा चिन्तन गर्नुस्, चिन्ता होइन । चिन्ता समस्याको समाधान नभई रोगहरुको निम्ता हो । तसर्थ शान्त दिमागले सोचेर बुझेर काम गर्ने बानी गर्नुस् यसले तपाईलाई स्वस्थ बन्न मद्दत गर्छ । 

प्रोटिन र कार्बोहाईड्रेड युक्त खाना खानुस्ः  कार्बोहाईड्रेडले शरीरमा उर्जा प्रदान गर्छ । फाइवरयुक्त खाना खानु स्वस्थ्यको लागि लाभदायक हुन्छ । यसका साथै अण्डा, दूध, चीज जस्ता प्रोटिनको स्रोत पनि सेवन गर्नु उत्तिकै जरुरी हुन्छ । 

एजेन्सीको सहयोगमा 
 

Last modified on 2017-06-19 17:12:34

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts