महाराजगञ्ज चिकित्सा र नर्सिंङमा अनेरास्ववियुको बर्चस्व



Download our app to get more features

काठमाण्डौं, १९ फागुन । महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बिजयी भएको छ । 

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र युथ फर इक्वालिटीको संयुक्त प्यानलका तर्फबाट उम्मेदवार बनेका मिलन गैरेले ५१३ मत ल्याई बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेवि संघका सन्तोष उपाध्यायले ४२२ मत प्राप्त गरेका छन् । 

त्यस्तै सचिव पदमा अखिल सहितको संयुक्त प्यानलका तर्फबाट स्वेता महतोले ५०६ मत ल्याई विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्धन्दी नेविसंघका नरेश प्रसाद जोशीले ४२० मत प्राप्त गरेका छन् ।

तर, कोषाध्यक्षमा नेविसंघ बिजयी भएको छ । नेविसंघका तर्फबाट उम्मेदवार बनेका केशव आचार्यले ४७३ मतका साथ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी संयुक्त प्यानलका तर्फबाट उम्मेदवार बनेका सञ्जीत कुमार साहले ४५८ मत ल्याएका थिए ।

यसैगरी कार्यसमितिको आठ सदस्य मध्ये संयुक्त प्यानलबाट ३ जना र नेविसंघका तर्फबाट ५ सदस्य विजयी भएका छन् । विजयी सदस्यहरुमा संयुक्त तर्फका अस्मिता भुसाल, बसन्त शर्मा पौडेल, उत्सव चौलागाई छन् । त्यस्तै नेविसंघका तर्फबाट अर्जुन सापकोटा, रोशन थापा मगर, रबि शाह, रबिन पौडेल र शंकर भण्डारी विजयी भएका छन् । महाराजगञ्ज क्याम्पसमा नेविसंघको नेतृत्वले ३५ बर्षपछि पराजय भोगेको हो ।

यता समानुपातिक तर्फ नेविसंघले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्राप्त नतिजा अनुसार नेविसंघ ४०६, अनेरास्ववियु २६५, अखिल क्रान्तिकारी ५६, युथ फर इक्वालिटी १०४, एकीकृत स्वतन्त्र विद्यार्थी संगठन १०३ मत प्राप्त गरेका छन् ।

यस्तै महाराजगञ्ज नर्सिंङ क्याम्पसमा पनि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुकी अध्यक्ष पदकी उम्मेदवार विमला धमलाले २२० मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी निकटतम प्रतिद्वन्दी नेविसंघकी समिक्षा सुवेदीले ११४ मत प्राप्त गरेकी छन् । यस्तै सचिवमा आँचल रेग्मीले २०५ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी निकटतम प्रतिद्वन्दी माओबादी निकट विद्याथीृ संगठन अखिल क्रान्तिकारीकी सुशिला पोखरेलले १२७ मत प्राप्त गरेकी छिन् । यस्तै कोषाध्यक्षमा ऋचा घिमिरेले २११ मत प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिद्वन्दी नेविसंघकी पुजा पाण्डेले १२० मत प्राप्त गरेकी छिन् ।   

यसैगरी सदस्यतर्फ अनेरास्ववियुकै अञ्जना न्यौपाने, सविता बराल, राखि वर्मा, उर्मिला मानन्धर, उरुषा केसी र दिक्षा कार्की विजयी भएकी छन् ।
 

Last modified on 2017-06-19 17:14:10

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts