मेवा खानुका फाइदा

What's This?


Download our app to get more features

तपाईं हामीले मौसम अनुसार विभिन्न फलफूल खाने गरेका छौं । अधिकांश फलफूलले मानिसको स्वास्थ्यमा धरै फाइदा गर्नुका साथै विभिन्न रोगको उपचारमा पनि सहयोग गरेको हुन्छ । यि मध्ये मेवाका फाइदाका बारेमा आम मानिसलाई धेरै जानकारी हुन सक्छ । फलफूल एक भएपनि मेवाका फाइदा अधिक रहेका छन् ।

१ मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ । फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ । छाला चोटमा पनि यो लाभकारी हुन्छ ।

२ मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ ।

३ कोलस्टेरोलमा अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।

४ मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई नष्ट गर्छ ।

५ मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।

६ उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ ।

७ मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।


८ खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ । बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ ।
९ मेवा भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।

१० जलनशिल विरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पु¥याउँछ । खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीलाई यो लाभदायी मानिन्छ । यसमा क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ ।

११ मेवाको नियमित सेवनल्ऽे महिलाको मासिक धर्मल्ऽाई पनि नियमित बनाउछ ।

१२ मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ ।

१३ विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउँछ ।


१४ मेवाले यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउँछ ।

१५ अनुसन्धानकर्ताहरुले भाले बाँदरमा गरेको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ । त्यसैल पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ ।

१६ मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने अनुसन्धानदाताहरुले पुष्टि गरेका छन् । मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।

 

Last modified on 2016-04-17 17:48:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts