कास्कीको भदौरे पूर्णखोपयुक्त गाउँ 



Download our app to get more features

कास्की, १८ फागुन । कास्कीको भदौरे गा.वि.स. मंगलबार पूर्णखोप सुनिश्चित गा.वि.स. घोषणा भएको छ । 
भदौरे सहित कास्कीका ३१ वटा गा.वि.स. पूर्णखोप सुनिश्चित भैसकेका छन । गा.वि.स. सचिव श्री शेर बहादुर कुवँको अध्यक्षता, पूर्वराज्यमन्त्री महादेव गुरुङ्गको प्रमुख आतिथ्यता, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख श्री दिनेश कुमार चापागाई र जिल्ला विकास समितिका ईन्जिनियर कृष्ण प्रसाद जमरकट्टेलको उपस्थितिमा पूर्वराज्यमन्त्री महादेव गुरुङ्गले  पूर्णखोप सुनिश्चिताको प्रतिवद्धता व्यक्त गरेका हुन् । 
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख श्री यादव दाहालले पूर्णखोपको प्रतिवेदन पेश गरे भने स्थानीय विद्यालयका स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य मिन बहादुर गुरुङ्गले स्वागत गरे । 

Last modified on 2017-06-22 13:55:28

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts