जिल्लामा गएर विशेषज्ञ सेवा दिन आवासीय चिकित्सक सशंकित, सरकारी निर्णय अन्योलमा

What's This?


Download our app to get more features

काठमाण्डौ, १८ फागुन । विशेषज्ञ सेवा नभएका नपुगेका सबै जिल्ला अस्पतालमा चिकित्सक पुर्याउने भन्दै सुरु गरिएको कार्यक्रमलाई आवासीय चिकित्सकहरुले अव्यवहारिक भएको टिप्पणी गरेपछि सरकारी निर्णय कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको छ । 

विशेषज्ञ र आकस्मिक शल्यक्रिया नभएका सबै जिल्ला अस्पतालमा सेवा पुर्याउन स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजसँग सहकार्य गरी आवासीय चिकित्सक पठाउने निर्णय गरेको थियो । सरकारी निर्णय अनुसार विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तह (एमडी, एमएस) लगायत अध्ययनरत विद्यार्थीलाई सामुदायिक पोष्टिङ गरी जिल्लामा सेवा विस्तार गर्ने कार्यक्रम छ । 

तर, सरकारी निर्णयको कार्यान्वयन जटिल भएको आशय सहित सरकारी स्वामित्वकै स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले त्यसको आलोचना गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्साशास्त्र अध्ययन संस्थानको नेशनल रेजिडेन्ट्स डक्टर्स एशोशियसन, वीरको रेजिडेन्ट्स एशोसियसन अफ नेपाल र जुनियर रेजिडेन्ट्स वेलफेयर सोसाइटीले सरकारी निर्णय स्वागतयोग्य भएपनि व्यवहारिक नभएको बताएका हुन् ।

उनीहरुले समुदायमा गएर काम गर्नु आफैमा राम्रो काम भएपनि त्यसले आफुहरुको शैक्षिक कार्यक्रम बिथोलिने तर्फ ध्यानाकर्षण गराएका छन् । उनीहरुले गाउँगाउँमा पुग्दा प्राध्यापकको निगरानीमा पढ्न र काम गर्न नपाउने, शैक्षिक कार्यक्रम औचित्यपूर्ण नहुने र प्रविधि र उपकरणको अभावले काम गर्न कठिनाई हुने, मुख्य आवासीय अस्पतालमा जनशक्ति नपुग्ने लगायत समस्या औंल्याएका छन् । उनीहरुले यस्ता व्यवहारिक कठिनाइलाई अन्त्य गरेरमात्र आवासीय चिकित्सकलाई जिल्ला पठाउन सरकारसँग माग गरेका छन् । 

संयुक्त विज्ञप्ति यस्तो छ । 


 

Last modified on 2017-06-19 17:16:05

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts