स्वास्थ्य चौकीका लागि जग्गादान
रामपुर (पाल्पा), १८ फागुन । साँखर आयुर्वे्दिक स्वास्थ्य चौकीका लागि स्थानीयवासीले ६ रोपनी जग्गादान गरेका छन् । यहाँका स्थानीय बासिन्दा तेजप्रसाद तिवारी र गोविन्द तिवारीले तीन रोपनी चार आना, हुममायाँ कँडेलले एक रोपनी १२ आना र तुल्सीप्रसाद खनालले एक रोपनी गरी जम्मा ६ रोपनी जग्गादान गरेका छन् ।
तेजप्रसाद तिवारी भन्छन्, “जग्गा अभावमा स्वास्थ्य चौकी भवन निर्माण नहँुदा स्थानीयवासीले स्वास्थ्य उपचारमा निकै समस्या झेल्नु परेको छ, सहज स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य चौकीको भवन निर्माणमा जग्गादान सहयोग गरेको हुँ ।”
यहाँ आयुर्वे्दिक स्वास्थ्य चौकी निर्माण हुने भएपछि स्थानीयवासीले सहज र सुलभ सेवा पाउनेछन् । रासस
Last modified on 2017-06-19 17:16:39
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>