टन्सिलसँग सम्बन्धित छन् यि समस्या



Download our app to get more features

टन्सिल भएपछि घाँटीको दुबैतिर सुन्निन्छ । शुरुमा मुख भित्र दुबैतिर दुखेको अनुभव हुने र पटक पटक ज्वरो आउन थाल्छ । टन्सिल्स सामान्यभन्दा बढी रातो हुन थाल्छ । तर, के तपाईलाईँ थाहा छ टन्सिलको कारणले तपाईलाईँ अन्य स्वास्थ्य सँग सम्बन्धित समस्याहरु पनि हुन सक्छ भनेर । 

टन्सिलले अन्य के के समस्या हुन सक्छ ः

मुख गन्हाउने

राष्ट्रीय स्वास्थ्य संस्थानका अनुसार, विश्वका आधी जनसंख्याले मुखको सफाई नगर्ने कारणले मुख गन्हाउने समस्याले ग्रस्त छन् ं। तर, टन्सिलको समस्या भयो भने पनि स्वास गन्हाउन थान्छ । टन्सिल ग्ल्याण्डमा चिरै चिराले भरिएको हुन्छ जहाँ ब्याक्टेरिया र डेड सेल्स बसेको हुन्छ, जस कारण मुख गन्हाउन थाल्छ ।

घुर्ने समस्या

घाँटीमा बढेको टन्सिलको कारणले तपाईँलाई घुर्ने समस्या हुन सक्छ । अमेरिकन एकेडेमी अफ ओटालर्यनलोजीका अनुसार, बढेको टन्सिलले घुर्ने समस्या हुन सक्छ । पटक–पटक हुने संक्रमणका कारण टन्सिलको आकार बढ्न थाल्छ, त्यतिबेला घाँटीमा हावाको बहावमा रुकावट आउन थाल्छ । जस कारण घुर्ने समस्या हुने गर्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-19 17:17:24

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts