गिरीजाप्रसाद कोइराला स्वाशप्रश्वास केन्द्रको निर्देशकमा भट्टराई
काठमाण्डौ, १७ फागुन । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाको नाममा स्थापित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास अस्पतालको निर्देशकमा डा. मुक्तिनाथ भट्टराईलाई नियुक्त गरेको छ ।
बैठकले अस्पतालको अध्यक्षमा भने डा. किरण रेग्मीलाई नै निरन्तरता दिइएको छ । यसअघि पनि डा. रेग्मी नै अस्पतालको अध्यक्ष थिइन् । कार्यकारी निर्देशकमा भने यसअघिका डा. यज्ञ बहादुर भण्डारीलाई फेरेर डा. भट्टराईलाई ल्याइएको हो ।
Last modified on 2017-06-23 12:56:39
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।