पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा बाँकेमा क्यान्सर अस्पताल बन्ने 

What's This?


Download our app to get more features

काठमाण्डौ, १७ फागुन । क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न भन्दै बाँकेको खजुरामा सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खुल्ने भएको छ ।

वि.पी.कोईराला मेमोरियल क्यान्सर अस्पताल, प्रखर परोपकार मिशन नेपाल र नेपाल सरकार स्वास्थ्य मन्त्रालयबीच भएको त्रिपक्षीय सम्झौताको आधारमा सञ्चालित प्रस्तावित नेपाल क्यान्सर अस्पताल खजुरा, बाँकेलाई कानुनी दायरमा ल्याई सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल बनाइने भएको हो । 

सो अस्पताल स्थापनाका लागि मन्त्रीपरिषद्ले आज विकास समितिको गठन आदेश जारी गरेकाले प्रखर परोपकार मिसन नामक संस्थाको झण्डै २३ हजार बर्गकलोमिटर जग्गा, भवन सहितको संपुर्ण सम्पत्ति नेपाल सरकारको स्वामित्वमा आएको छ ।

परोपकार मिसनको अस्पतालका लागि सरकारले यसअघि १० करोड रुपैया छुट्याएकाले सरकारकै लगानीमा बनाउन लागिएको अस्पताललाई गैरसरकारी संस्थाको अस्पतालको रुपमा भन्दा सरकारी अस्पतालको रुपमा संचालन गर्नु उपयुक्त हुने देखिएकाले सरकारी स्वमित्वमा ल्याइएको हो ।

 क्यान्सर सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानको लागि सरकारी अस्पताल आवश्यक भईरहेका बेला गैरसरकारी संस्थाले गरिरहेको प्रयासलाई आत्मसात गर्दै सरकारी स्वामित्वमा ल्याइएको हो । अस्पतालका लागि  आवश्यक जनशक्ति तयार गरी क्यान्सर रोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउने उदेश्यबाट अस्पताल बनाउन लागि स्वास्थ्य मन्त्री गगन थापाले बताए ।

Last modified on 2017-06-19 17:18:06

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts