फार्मेसी, आयुर्वेद र स्वास्थ्य व्यवसायी परिषद्मा पनि नयाँ पदाधिकारी
काठमाण्डौ, १७ फागुन । नेपाल फार्मेसी परिषदको अध्यक्षमा केशवध्वज जोशी नियुक्त भएका छन् ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले जोशी सहित परिषदको रजिष्ट्रारमा पान बहादुर क्षेत्री सहित अन्य तीनजनालाई नियुक्त गरेको हो । यसअघि परिषदको अध्यक्षमा बाबुराम हुमागाईं र यादव पाण्डे रजिष्ट्रार थिए
त्यस्तै सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा रामप्रसाद भण्डारीलाई नियुक्त गरेको छ । परिषद्को रजिष्ट्रार रामचन्द्र साहलाई बनाइएको छ ।
आजैको मन्त्रिपरिषद बैठकले आयुर्वेद चिकित्सा परिषद्मा पनि नयाँ नियुक्ति गरेको छ । परिषद्को अध्यक्षमा डा. धनिकलाल भर्खेर र रजिष्ट्रारमा डा. नारायण श्रेष्ठ सहित ७ जना नियुक्त भएका छन् ।
Last modified on 2017-06-19 17:18:34
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।