नर्सिङ काउन्सिलको अध्यक्षमा निरौला, रजिष्ट्रारमा चौलागाईं

What's This?


Download our app to get more features

काठमाडौँ, १७ फागुन । नेपाल नर्सिङ काउन्सिलमा अध्यक्षमा गोमादेवी निरौला नियुक्त भएकी छिन् ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले निरौला लगायत परिषदका सबै पदाधिकारी नियुक्त गरेको हो । यस्तै, काउन्सिलको रजिस्ट्रारमा रमिला चौलागाईं र उपाध्यक्षमा मिनाकुमारी पुन गुरुङलाई नियुक्ति गरेको छ । 
यसैगरी, काउन्सिलको सदस्यमा सरला केसी, लक्ष्मी तामाङ, तारा रम्तेल, रमानन्द चौधरी र डा. टंक ओझा नियुक्त भएका छन् ।  

तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले गरेको नियुक्ति नियमविपरित भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ निर्दे्शिका बनाएर नियुक्ति गर्न सरकारलाई दिएको निर्देशन अनुसार मन्त्रिपरिषदले पदाधिकारी नियुक्त गरेको बताइएको छ । 
 

Last modified on 2017-06-23 13:47:45

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts