नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा. अग्रवाल र पौडेल नियुक्त
काठमाण्डौ, १७ फागुन । नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेका दुई सदस्यमा दुईजना चिकित्सक नियुक्त भएका छन् ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले काउन्सिलको सदस्यमा आइओएमका डीन डा. जगदीशप्रसाद अग्रवाल र वीर अस्पतालका नाक कान घाँटीरोग विभागका प्रमुख डा. ढुण्डीराज पौडेललाई नियुक्त गरेको हो।
काउन्सिलमा विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्रतर्फको डिन मध्येबाट एक जनालाई नियुक्त गर्नुपर्नेमा डा. अग्रवाल नियुक्त भएका हुन् भने अर्का सदस्यमा डा. पौडेल नियुक्त भएका हुन्।
Last modified on 2017-06-19 17:19:06
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।