वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि तीनजना सिफारिस, मन्त्रीका सल्लाहकार पनि सूचिमा
काठमाण्डौ, १७ फागुन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री गगन कुमार थापाले आफ्ना सल्लाहकार सहित तीनजनाको नाम सिफारिस गरेका छन् ।
मन्त्री थापाले उपकुलपतिका लागि परेको १६ जनाको दरखास्तबाट तीन जना उम्मेदवारको नाम कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सिफारिस गरेका हुन् ।
उपकुलपतिका लागि मन्त्रीले आफ्ना सल्लाहकार समेत रहेका शहिल गंगालाल अस्पतालका चिकित्सक डा. रामेश कोइराला सहित डा. राजकुमार रौनियार र डा. विक्रम श्रेष्ठको नाम सिफारिस गरेको बुझिएको छ ।
Last modified on 2017-06-19 17:19:27
Reporter
View Other Stories by Author >>