महिला मन्त्रीको महत्वकांक्षी योजना,पाठेघरको क्यान्सरको निःशुल्क उपचार गरिने
काठमाडौं, १७ फागुन । मन्त्रालय सम्हालेको एक महिनाभित्रै महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महत्वकाक्षी योजना सार्वजनिक गरेका छन् ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले महिलामा मात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने महत्वकांक्षी योजना अघि सारेका हुन् । त्यसकालागि मन्त्रालयले सरकारी अस्पतालसँग सम्झौता गर्ने तयारी गरेको उनले बताए ।
नेपाली महिलाहरुमा लाग्ने पाठेघर क्यान्सरको उपचार सरकारले निशुल्क उपचार गर्ने भएपछि धेरै महिलाले राहत पाउने मन्त्री खड्काले बताए । ‘हामी लोकप्रिय हुने भन्दापनि महिलाले राहत पाउनुपर्छ भन्ने उद्देश्यले पाठेघरमा लाग्ने क्यान्सरको निशुल्क उपचारको व्यवस्था गर्न लागिएको हो,’ पत्रकार सम्मेलनमा मन्त्री खड्काले भने, ‘यसबाट क्यान्सर लागेका महिलाले राहत महशुस गर्ने हामीले अपेक्षा लिएका छौं ।’
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।