दशवटा मेडिकल कलेजबीच फूटसल प्रतियोगिता हुने
काठमाण्डौ, १६ फागुन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका आवासीय चिकित्सकहरुको संगठन नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले आउँदो शनिबार टाइम एनआरडिए फुटसल कप आयोजना गर्ने भएको छ ।
१० वटा मेडिकल कलेजहरुको सहभागिता हुने उक्त प्रतियोगितामा लिग र नकआउट चरणमा खेल हुनेछन्। विजेता टिमले क्रमशः पच्चीस र दस हजार नगद पुरस्कार पाउने संयोजक डा. कश्चेव श्रेष्ठले जानकारी दिए। चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुबीचको यस प्रतियोगिताले आपसी सौहार्दता बढाउने र खेलकुद र स्वास्थ्यप्रति सचेतना आयोजक संगठनका प्रमुख डा. लिजन महर्जनको भनाई छ।
Last modified on 2017-06-19 17:24:59
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।