दाँतमा तार किन बाँध्ने ? (भिडियो सहित)



Download our app to get more features

दाँत सौन्दर्य र स्वास्थ्य दुबैको लागि महत्वपूर्ण अंग हो । नमिलेका दाँतले मानिसलाई कुरुप मात्र बनाएको हुँदैन, प्रतिष्ठासँग पनि जोडिन्छ । यस्ता दाँतलाई मिलाउन तार बान्नु सबैभन्दा प्रभावकारी उपचार पद्धति मानिन्छ । दाँतमा तार कसरी बाँध्ने र नेपालमा यसको प्रयोग कस्तो छ ? दन्त चिकित्सक डाक्टर आशिष रेग्मी  भन्छन्ः

आधुनिकता सँगै दाँतको सौन्दर्य प्रति मानिस सचेत बन्न थालेका छन् । दाँत सुन्दर बनाउन धेरैले अर्थोडेन्टिक उपचार अनुसार तार बाँध्ने गर्दछन् । वर्षै पिच्छे नेपालमा यसको प्रयोगकर्ताहरु बढ्दो छन् । बांगा टिंगा, उच्छिटिएका वा बीच बीचमा खाली ठाउँ रहेका दाँतलाई मिलाउँन दाँतमा तारले बान्ने गरिन्छ । यस पद्धति अनुसार दाँत मिलाउने मात्र नभएर अनुहारको हड्डी र वयस्कमा जवडाको समस्या (डेफोमिर्टी) को उपचार पनि गरिन्छ ।

जनमानसमा अर्थोडेन्टिक उपचार भनेको दाँतमा तार बाँध्ने वा ब्रेसेज लगाउने भन्ने बुझिन्छ । 

तार किन बाँध्ने ?
१. बांगोटिंगो वा नमिलेको दाँतलाई मिलाउन ।
२.खाना चपाउन, सास फेर्न सहजताका लागि ।
३.दाँत मिलाउँदा न्यून मात्र नकारात्मक प्रभाव हुने भएकाले ।
४.अलि लामो सयम लागे पनि दीर्घकालिन प्रभाव पर्ने ।
५.नमिलेका दाँतले जिब्रो तथा ओठलाई बारम्बार छोइरहने हँुदा घाउ हुने सम्भावना रहन्छ । यस्तो अवस्था नआउन दिन ।
६.नमिलेका दाँतका कारण अनुहार नराम्रो देखिएर हुने मानसिकत नावबाट छुट्कारा पाउन ।

कुन उमेरमा तार बाँध्नु राम्रो :
सामान्यतया दाँत साटिए पछि १५–१६ वर्षको उमेरमा दाँताको बनावट हेरी तार बाँध्नु उपयुक्त हुन्छ । यसको अलवा कुनै दुर्घटना वा अन्य केही कारणले दाँतमा समस्या देखिएतार बानेर मिलाउन सकिन्छ । दाँतलाई समातेर राख्ने वरिपरीको हड्डी स्वस्थ भएसम्म तार बान्न सकिन्छ ।

तार बानेको कति समयमा दाँत मिल्छ ?
तार बानेर दाँत मिलाउन अलि लामो समय लाग्छ । तार बाँध्ने बितिकै मिल्ने हैन । यसले बिस्तार बिस्तार काम गर्न सुरु गर्छ ।  दाँतको प्रकृति हेरी २, ३ वर्ष समेत लाग्न सक्छ । यही लामो समय लाग्ने भएकाले पनि कसैकसैले यसलाई लामो र झन्झटिलो उपचार पद्धति पनि भन्ने गर्छन् ।

तार बानेर दाँत पूर्णरुपमा सुन्दर भएपनि कहिलेकाँही दाँत पुनःफट्टीने संभावना रहन्छ । तर यो नगन्य मात्रामा मात्र हुन्छ ।

तार बाँधेपछि ध्यान दिनपर्ने कुरा :
चिकित्सकको सल्लाह बमोजिम महिनाको एकपटक परीक्षण गराउनु पर्छ । निकै साह्रो कुरा टोक्नु हुँदैन । धेरै तातो वा चिसो कुरा नखाँदा राम्रो ।

भिडियो हेर्नुस

Last modified on 2017-06-19 17:26:18

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts