स्वास्थ्यचौकीका निःशुल्क पाँच रोपनी जग्गा



Download our app to get more features

खोटाङ, १६ फागुन । स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीय खार्मीका बासिन्दाले पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । 

खार्मी–८ का पदमबहादुर तामाङले चार रोपनी १३ आना र रत्नकुमार उदासले तीन आना जग्गा स्वास्थ्यचौकी भवन निर्माणका लागि निःशुल्क प्रदान गरेका हुन् । जग्गादाता तामाङ र उदासले आइतबार सदरमुकाम दिक्तेल आएर जिल्ला मालपोत कार्यालयमार्फत स्वास्थ्यचौकीको नाममा रजिस्ट्रेसन पास गरिदिएको गाविस सचिव चित्रकुमार सुवेदीले जानकारी दिए । जग्गा अभावमा भवन निर्माण गर्न नसकिरहेको अवस्थामा स्थानीयले निःशुल्क जग्गा प्रदान गरेपछि यसै वर्ष नयाँ भवन निर्माण गरिने स्वास्थ्यचौकीले जनाएको छ । 

भर्खरै प्रसूति सेवा समेत सुरु गरिएको स्वास्थ्यचौकीमा भवन नहुँदा दैनिक कामकाज गर्न समस्या रहेको छ । प्रसूति सेवा सुरु गरेसँगै स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएको स्वास्थ्यचौकी प्रमुख नवीन लामिछानेले बताए । रासस 

Last modified on 2017-06-19 17:26:43

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts