फागुनसम्म स्वास्थ्य संस्था दर्ता गर्न स्वास्थ्य मन्त्रीको अपिल



Download our app to get more features

काठमाण्डौं, १५ फागुन । स्वास्थ्य मन्त्री गगन थापाले फागुनको अन्त्यसम्म सबै स्वास्थ्य संस्था अनिवार्य रुपमा दर्ता नभएका दर्ता खारेज हुनेभन्दै समयमै दर्ता गराउन सबैलाई आह्वान गरेका छन् । 

पाँचौं स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयमा आयोजित  कार्यक्रममा मन्त्री थापाले फागुन मसान्तसम्म स्वास्थ्य संस्थाले दर्ता नगरे उनीहरुलाई मन्त्रालयले नचिन्ने बताएका हुन् । ‘फागुन महिनाभित्र अनुमति लिनु पर्छ अन्यथा मन्त्रायले चिन्दैन्’ उनले भने, ‘मन्त्रालयले नचिन्ने स्वास्थ्य संस्थालाई जनताले पनि चिन्दैनन् ।’

त्यस्तै आजदेखि सैनिक अस्पतालमा सर्वसाधारणलाई खुल्ला गरेको जानकारी समते दिए ।

कार्यक्रममा मुख्य सचिव डा. सोमलाल सुवेदीले स्वास्थ्य सेवा ऐन अनुसार स्वास्थ्यका कर्मचारीहरुले आफ्नो आचरण सुधार गर्न जरुरी रहेको बताए । 
 

Last modified on 2017-06-25 11:29:29

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts